site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
न्यू टेरानो नेपाली बजारमा, अन्य कम्पनीको मुख्य प्रतिस्पर्धी  (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०१३ मा भारतमा लन्च गरिएपछि निसान टेरानोलाई पहिलो पटक अपडेट गरिएको छ । लन्च भएदेखि नै कुनै खास परिवर्तन नगरिएको टेरानोमा अहिले थुप्रै आधुनिक बदलाव ल्याइएको छ । कम्पनीले कम्तिमा पनि २२ नयाँ विशेषताहरुसहित न्यु टेरानो सार्वजनिक गरिएको जनाएको छ ।

मुख्यगरी अहिलेको नयाँ अपडेट अन्तर्गत गाडीको इन्टेरियरमा विशेष ध्यान दिइएको छ । गाडीभित्रका सिट लगायत सबै ग्याजेटहरु परिवर्तन गरी झनै आकर्षक बनाइएको छ । त्यसैगरी ड्यासबोर्डको डिजाइनमा पनि विभिन्न रङ प्रयोग गरिँदा यसले भित्री भागलाई अझ आकर्षक बनाइदिएको छ । त्यस्तै यस नयाँ टेरानोमा जिपिएसबाट चल्ने टचस्क्रीन इन्फोटेनमेन्ट डिस्प्ले पनि जडान गरिएको छ जसमा गीत सुन्न र भिडियोहरु सजिलै हेर्न, फोन उठाउन मिल्नुका साथै ब्लुटथ र आइपड पनि सपोर्ट गर्न सक्छ ।

अर्को महत्वपूर्ण परिवर्तन भनेको नयाँ टेरानोको ड्राइभर सिटको छेउमा हातलाई आराम गर्न मिल्ने स्थान बनाइएको छ । यसका अन्य भित्री पार्टहरुमा अरु कुनै परिवर्तन भने गरिएको छैन । पहिले जस्तै यसमा १.६ पेट्रोल इन्जिन र १.५ डिजेल इन्जिन ट्युन गरि दुई स्टेजमा यसको टेस्ट गरिएको छ । टेरानोको व्यवसायमा प्रमुख भूमिका खेल्ने गरेको सस्पेन्सनलाई यसको अर्को विशेषता मानिन्छ र अझै ठूला गाडीहरुमध्येमा यसको सस्पेन्सनलाई सबैभन्दा राम्रो मानिन्छ । यसलाई नियन्त्रण गर्न र चलाउन पनि धेरै सहज भएकाले यात्रा आरामदायी हुने गरेको छ । यसको भित्री इन्जिनहरु पुरानै भर्जन अनुसार छ तर पनि यसको अटोम्याटिक सिस्टम चाहिँ केही महिनाअघि मात्र लन्च गरिएको थियो । यसको एएमटी गियर बक्सले अटोम्याटिकका समयमा म्यानुल जसरी नै काम गर्ने गरेको छ जसले टेरानोको यात्रालाई अझ रोचक बनाइदिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको बाहिरी डिजाइन अगाडितर्फ उस्तै रहेको छ । अगाडि पट्टी मल्टिक्लस्टर्ड डिस्प्लेका साथै डेटाइम एलइडी लाइटहरु पनि जडान गरिएको छ । त्यस्तै हेडलाइटले पनि नयाँ टेरानोलाई अझ आधुनिक रुप दिएको छ । टेरानोको प्रदर्शन र यसको स्वरुपका कारण नेपालमा पनि अन्य गाडीहरुसँग तीव्र प्रतिष्पर्धा गर्न सक्ने देखिएको छ ।

बजारमा पनि नयाँ टेरानोलाई अन्य प्रतिष्पर्धीले मुख्य प्रतिष्पर्धीकै रुपमा हेरेको पाइएको छ । नेपालको लागी निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले बहुचर्चित न्यू टेरानो यसैसाता सार्वजनिक गरेको छ । सार्वजनिक समारोहमा पनि २२ नयाँ आकर्षक बिशेषताहरु रहेको जानकारी गराइएको थियो  । शानदार  बनोट रहेको दाबीका साथै गाडीका आन्तरिक सजावट अतुलनीय छ । न्यू टेरानोको मूल्य रु.४२ लाख ९९ हजारदेखि उपलब्ध छन् र अहिले सुरुवात समयमा काठमाडौं उपत्यकाबाहिर ११ वटा स्थानबाट बिक्री वितरण गरिनेछ । 

Global Ime bank

न्यू प्रिमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रीन नेभिगेसन सिस्टम, स्टिेरिङ्ग माउण्टेड अडियो ÷ फोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर, एन्टि पिच ड्राइभर साईड विन्डो र न्यू स्टेरिङ्ग व्हिल डिजाइन सहितका २२ नयाँ विशेषताहरु छन् । न्यु टेरानो नेपाल लगायत सार्क देशहरुलाई लक्षित गरिएको छ ।

न्यू टेरानोमा छ स्पिड अत्याधुनिक अटो ड्राईभमा पनि उपलब्ध छ । जसमा गियर सिस्टम कम्प्यूटरद्धारा नियन्त्रण गरिन्छ र यसले शहरको ट्राफिक होस् वा हाइवे सबैतिर एकदमै आनन्दको ड्राइभिङ्ग अनुभव दिने कम्पनीको दाबी छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC