site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साँखुमा माधवनारायण पार्क बनाउने तयारी, यसरी हुँदैछ मेला व्यवस्थापन
Sarbottam CementSarbottam Cement

काठमाडौं । शंकरापुर नगरपालिकाअन्तर्गत साँखुस्थित शालीनदीमा माधवनारायणको मेलामा यस वर्ष पनि लाखौं भक्तजनले सहभागिता जनाइरहेका छन् । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेलामा दैनिक हजारौं दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । 

एक महिनासम्म स्वस्थानी व्रतसँगै माघ स्नानसमेत गर्ने गरिन्छ । कठिन व्रत मध्येको मानिने स्वस्थानी व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । व्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नुका साथै घरघरमा वा समूहमा स्वस्थानी व्रतकथा सुन्ने सुनाउने गरिन्छ । शाली नदीमा जस्तै पशुपति गौरीघाट, गुहेश्वरीलगायत धार्मिक स्थलहरुमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । 

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसी तपस्या गर्दा मनोकांक्षा पूरा भएको स्वस्थानी व्रतकथामा उल्लेख छ । स्वस्थानीको पूजामा पञ्चामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सेलरोटी, हलुवा लगायतका नैवेद्यहरु चढाउने चलन छ । 

मेलाको व्यवस्थापन कसरी हुँदैछ ?

Global Ime bank

विगतका वर्षहरुमा मेला व्यवस्थापनका क्रममा देखिएका कमजोरीलाई सुधार गरिएको समितिले जनाएको छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले शालीनदीमा रहेका व्रतालुदेखि भक्तजनको लागि आवश्यकताअनुसार सहयोग पुर्याउँदै आएको बताएको छ । समितिका अध्यक्ष राजुभाई मानन्धरका अनुसार यसपालीदेखि सुरक्षा व्यवस्था राम्रो बनाउन मन्दिर वरीपरि केहि स्थानमा सिसि क्यामेरा जडान गरिएको छ भने ३५ जना सुरक्षाकर्मीको टोली खटाइएको छ । सुरक्षामा महानगरीय प्रहरी र इलाका प्रहरीसँगै सामुदायीक प्रहरीको पनि भूमिका रहेको उनले बताए । 

यातायातको समस्या 

यसअघिका वर्षहरुमा शालीनदी दर्शनका लागि जाने यात्रुहरुले आउन–जान गाडी नपाएको, भाडा मनपरी लिएको लगायतका गुनासो गर्दै आएका थिए । तर यसपाली यातायातमा  देखिएको समस्या नहोस् भन्नका लागि यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको अध्यक्ष मानन्धरले बताए । उनले भने, “यो क्षेत्रमा आउने ४ नं रुटका गाडी हुन् हामीले बढी भाडा नदिउन्, नलिउन् भनेर प्रत्येक सवारीमा भाडादर टाँस्न लगाएका छौं । बढी भाडा लिएको थाहा भए प्रहरीलाई खबर गर्न सकिनेछ ।”

\"\"

त्यस्तै यो वर्षदेखि आउजजान गाडी नपाउने समस्या नहोस् भनेर पर्याप्त गाडीको व्यवस्था गरिएको उनले बताए । “दैनिक ५० गाडी चल्दै आएकोमा अहिले १०० गाडी पुर्याइएको छ, आवश्यकता अनुसार थप्न व्यवसायी सहमत छन्,” उनले भने, “फर्कनको लागि राति ९ बजेसम्म नै गाडी पाउने व्यवस्था गरेका छौं ।” त्यस्तै मेलाको बेलामा पसलहरुमा सामानको मूल्य बढाउने गरेको गुनासो पनि हुन नदिन यसपालीदेखि प्रत्येक पसलमा मूल्यसूची टाँस्न लगाएकोे पनि अध्यक्ष मानन्धरले बताए । काठमाडौं रत्नपार्कबाट झण्डै १७ किलोमिटर उत्तरपूर्व साँखुमा ा अवस्थित शालीनदी पुग्ने भाडा चाबहिलदेखि २७ र रत्नपार्कदेखि ३५ रुपैयाँ तोकिएको छ । 

कहाँ खर्च हुन्छ दान र चन्दाबाट उठेको रकम ?

हरेक वर्ष २० देखि ३० लाखको संख्यामा दर्शनार्थी शालीनदी पुग्ने गरेको देखिन्छ । यसरी शालीनदी पुग्ने दर्शनार्थी तथा भक्तजनहरुले दिएको दान तथा चन्दा रकमको संकलन जनक जानकी सिद्धार्थ धर्मकर्म सेवासंघले गर्दै आएको छ भने त्यसलाई व्यबस्थापन गर्ने काम माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गर्दै आएको छ । जनक जानकी सिद्धार्थ धर्मकर्म सेवासंघका संयोजक सिद्धिहर्ष बज्राचार्यले यसवर्ष पनि भक्तजनबाट आएको दान दातव्य संकलनको काम भैरहेको जानकारी दिए । 

\"\"

दर्शनार्थी तथा भक्तजनले चढाउने दान तथा भेटी, विभिन्न ठाउँबाट आउने सहयोग तथा चन्दा लगायत गरी गएको वर्षमा ३१ लाख रकम उठेको बज्राचार्यले जानकारी दिए । “यो वर्ष पनि त्यति रकम उठ्ने अपेक्षा राखेका छौं,” उनले भने ।   

प्रत्येक वर्ष उठ्ने रकम शालीनदीको व्यवस्थापन र सुधारमै खर्च हुँदै आइरहेको समितिले जनाएको छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष राजुभाई मानन्धरले भने, “यहाँ उठेको रकम सबै यहिको सुधार र विकासमा खर्च भैरहेको छ । हामीले यहाँबाट उठेको रकमले मुख्य मन्दिर बनाउने सजाउने बाहेकका धेरै कामहरु पनि गरेका छौं । धरमपुर बाँध निर्माण, नुहाउने ठाउँसम्म जाने आउने सिँढीहरुको निर्माण तथा सुधार गर्याैं ।”

अध्यक्ष मानन्धरले यो वर्षको स्वस्थानी मेलालगत्तै माधवनारायण पार्क बनाउने योजना रहेको जानकारी दिए । उनले भने, “हामीले यहाँको खाली जग्गालाई सिमांकन गरिसकेका छौं । त्यो जग्गामा पार्क निर्माण गर्ने हाम्रो सोच छ ।”

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC