site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शेरबहादुर देउवासँग भिड्दै प्रकाशमान सिंह
Ghorahi CementGhorahi Cement

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सभापति शेरबहादुर देउवासँग भिड्ने भएका छन् । संसदीय दलमा संस्थापन पक्ष नै बाहुल्य हुने देखिए पनि सभापति देउवासँग नेता सिंह प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

प्रत्यक्षतर्फ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्षको बाहुल्य हुनेछ ।

 

Agni Group

प्रतिनिधि सभामा कांग्रेसले २३ स्थान जित हासिल गरेको छ  भने ४० स्थान समानुपातिकमा पाउने सम्भावना देखिएको छ । कुल ६३ सदस्यीय संसदीय दलको नेता निर्वाचित हुन कम्तीमा पनि ३२ सदस्यको समर्थन आवश्यक हुनेछ ।

यो समाचारलाई आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन् । नयाँ पत्रिकाले विशेष स्थान दिएर प्रकाशित गरेको समाचारमा सिंहले आफूलाई देउवाको प्रतिस्पर्धीका रुपमा स्थापित गर्न पनि उमेदवार बन्न तयार देखिएको उल्लेख छ ।

Global Ime bank

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार सिटौला पक्षमा प्रत्यक्षमा ३ जना छन् भने समानुपातिक सूचीमा रहेका विनोद चौधरी अहिले कुनै पनि खेमामा देखिएका छैनन् ।

 

अन्य समाचार

आज प्रकाशित सबैजसो पत्रिकाले आज हुने प्रदेश सभा सदस्यको शपथ, नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्तालगायतलाई विशेष प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्टले बाबुराम भट्टराईसँग गरेको अन्तर्वाताका आधारमा मुख्य समाचार बनाएको छ ।

राजाराम गौतम र बसन्त बस्नेतले लेखेको समाचारमा भनिएको छ – निरपेक्ष भाव देखिन्थ्यो डा. बाबुराम भट्टराईको अनुहारमा । भर्खरैको चुनावमा उनले जितेका थिए, पार्टीले हारेको थियो । संयोग नै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक भट्टराईले त्यसलाई भनिदिए– बैंक मर्जरजस्तो ।

यी पूर्व प्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन बरु‘ सीईओ र अध्यक्षको बन्ने’ भागबण्डा चलिरहेको छ ।’

अन्नपूर्ण पोस्टले जाजरकोट र डोल्पा सदरमुकाम दुनै जोड्ने सडक निर्माण क्रममा त्रिवेणी भीरमा चट्टान फोरिरहेका कामदारको तस्बिर मुख्य तस्बिर बनाएको छ । त्यसमुनि चीरञ्जीवी ढुंगानाले लेखेको ‘मधेसी रिझाउँदै कांग्रेस’ शीर्षकको समाचार प्रकाशित गरेको छ । समाचारमा राष्ट्रिय सभा निर्वाचनमा मधेसवादीदल रिझाउन कांग्रेस गृह कार्यमा लागेको उल्लेख गरिएको छ ।

नागरिक दैनिकले पनि एमाले र माओवादी केन्द्रले प्रदेश सरकारमा हिस्सा आज टुंगो लगाउने, सातै प्रदेशमा सचिव खटिएको लगायतका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा शीर्षकमा नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेको समाचारमा भनिएको छ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् ।’

कान्तिपुर दैनिकले ‘सातै प्रदेशमा शपथआज’शीर्षकको मुख्य समाचार बनाएको छ ।

त्यसैगरी कान्तिपुरले कालिकोटमा भाइरल ज्वरो गाउँभरि बिरामी शीर्षकमा कालिकोटका दुईवटा वडामा मात्रै ८१४ जना बिरामी रहेको समाचार प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले कांग्रेस संसदीय दलको समाचारसँगै ओली–दाहालबीचको वार्तासम्बन्धी समाचारलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

 ‘५५०’ सांसदको शपथ आज’शीर्षकमा राजधानी दैनिकले मुख्य समाचार प्रकाशित गरेको छ ।  राजधानी दैनिकले ओली– दाहालबीचको वार्ता सम्बन्धी समाचारलाई पनि विशेष स्थान दिएको छ ।

समाचारमा आज एकता संयोजन समितिको बैठक बस्ने, संगठनात्मक र वैचारिक कार्यदल गठनको गृहकार्य गर्ने लगायतका विषय समावेश गरिएको छ ।

अन्य दैनिक पत्रिकाले भन्दा फरक तरिकाले आजको हिमालय टाइम्सले समाचार प्रकाशित गरेको छ ।

‘दुःखीका साथमा डाक्टर केसी’शीर्षकमा लेखिएको समाचारमा भनिएको छ –चिकित्सा शिक्षा सुधारका लागि चौधपटक अनशन बसेका डा. गोविन्द केसीले शीतलहरले प्रभावित रौतहटका विभिन्न स्थानमा पुगेर न्यानो कपडा वितरण गरेका छन् ।’

हिमालय टाइम्सले कांग्रेस र मधेसवादी दलको तालमेलको तयारी शीर्षकको अर्को समाचार पनि प्रकाशित गरेको छ ।

आजको गोरखापत्र दैनिकले एमाले र माओवादीबीचको छलफल, राष्ट्रिय सभा निर्वाचन, आज हुनलागेको शपथ ग्रहण लगायतका विषयलाई प्राथमिकतासाथ प्रकाशित गरेको छ ।

सम्पादकीय

‘राष्ट्रिय सभा उमेदवार छनोट’ शीर्षकमा हिमालय टाइम्सले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ – राष्ट्रियसभा सदस्य निर्वाचनमा अनुकरणीय संस्कार थालनी गर्ने अवसर यही हो । नेताहरुले ध्यानदिऊन्, नचुकुन् ।’

अनुदार अभ्यास शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेख्दै राष्ट्रपति निवासमा निजी सञ्चार माध्यमका पत्रकार प्रवेशमा लगाइएको रोकप्रति आपत्ति प्रकट गरेको छ । राजधानी दैनिकले राष्ट्रपतिको सचिवालयले समाचार संकलनमा रोक लगाउनुपर्ने अवस्थाबारे तत्काल जनाउ दिँदै भविष्यमा यस्ता घटना नदोहोर्याउन प्रतिबद्धता जनाउनुपर्ने पनि सम्पादकीयमा उल्लेख गरेको छ ।

‘नेपाल प्रहरी र सुरक्षा चिन्ता’शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा नेपालमा आन्तरिक सुरक्षा चुनौती बढेको उल्लेख गरिएको छ ।

‘नदी दोहन रोक’ शीर्षकमा कान्तिपुरले सम्पादकीय लेख्दै अनियन्त्रित नदी दोहनले वातावरणमा दीर्घकालीन असर पर्ने उल्लेख गरेको छ ।

‘प्रेसप्रति अनुदार व्यवहार’ शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेख्दै राष्ट्रपति निवासमा पत्रकारलाई रोक लगाइएको सम्बन्धमा सचेत गराएको छ । सम्पादकीयमा खुला र लोकतान्त्रिक शासन व्यवस्थामा यस्तो अनुदारवादी व्यवहार स्वीकार्य नहुने पनि स्पष्ट पारिएको छ ।

नागरिक दैनिकले पनि ‘प्रेस विरोधी व्यवहार’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘पत्रकारलाई औपचारिक पोसाक लगाउन प्रेस काउन्सिललाई पत्र लेख्न सक्ने राष्ट्रपति कार्यालयले आफूकहाँ आउने पत्रकारलाई व्यवस्थित ढंगले सूचनामा पहुँच दिनपहल गरोस्,’ सम्पादकीयमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC