site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पाँच लाख मौरी मारेको आरोपमा दुईजना पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मौरीपालन व्यवसायलाई नोक्सान पुर्याएको आरोपमा पुलिसले अमेरिकामा दुईजनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पाँच लाख भन्दा बढी मौरीलाई मारेको आरोपमा दुई युवकलाई पुलिसले गिरफ्तार गरेको बताएको छ । एकजना १२ र अर्का १३ वर्षका युवकले वाइल्ड हिल हनि फार्ममा मौरीको गुँड भत्काइदिएपछि लाखौँ मौरीहरु चिसोका कारण मर्न पुगेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हिउँ परिरहेको समयमा मौरीलाई बाहिर निकालिएपछि अत्याधिक चिसो मौसमका कारण सबैको मृत्यु भएको सो फार्मका मालिकले बताएका हुन् ।  फार्ममा भएको सबै गुँड भत्काइदिएपछि आफूले ६० हजार डलर भन्दा बढी नोक्सान व्यहोर्नुपरेको बताउँदै उनीहरुले पुलिस समक्ष गुनासो गरेका थिए ।

ती दुई युवकहरुले सबै गुँडलाई एकएक गर्दै बाहिर निकालेर हिउँमा फाल्दिएपछि सबै मौरी सखाप भएको फार्मका मालिक र उनकी पत्नीले बताए । यसपछि उनीहरुले घटनाप्रति पुलिसको ध्यान केन्द्रित गराएका थिए । 

Global Ime bank

वरिपरिका स्थानीयको मद्दतले पुलिसले पछि दुवै युवकलाई आपराधिक दुव्र्यवहारको आरोपमा पक्राउ गरेको बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ००:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC