site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली–दाहाल भेटवार्ता, आइतबार एकता संयोजन समितिको बैठक बस्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आईतबार पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भएको भेटवार्तामा आईतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुवै दलका अध्यक्षले आईतबार अपरान्ह ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताको ठोस एजेन्डालाई अनुमोदन गर्ने सहमति गरेका हुन् । आइतबार ३ बजे बस्ने बैठकले पार्टी एकताको ठोस एजेन्डालाई अन्तिम रुप दिने गरी आवश्यक तयारी गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी दिए ।

ओली र दाहालबीच शुक्रबार पनि पार्टी एकताका विषयमा विस्तृत छलफल भएको थियो । छलफलमा दुई पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्यदल बनाएर अघि बढने विषयमा पनि सहमति भएको बुझिएको छ । दुई दलले कार्य दल नै बनाएर राष्ट्रिय सभाको सिट बाँडफाँडमा पनि टुंगो लगाईसकेका छन ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC