site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झलनाथ खनाल भन्छन्– प्रधानमन्त्रीमा ९९ प्रतिशत ओलीको संभावना, अध्यक्षमा सल्लाह गर्न बाँकी छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका विषयमा सहमति हुने खुलासा गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ नेता खनालले यस्तो बताएका हुन् । उनले भने, “अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमतिमा पुग्र्छौं, आवश्यक परे दुई वटा कार्यदल बनाउँछौं, एउटा वैचारिक र अर्को संगठनाात्मक, यसले सबै कुरा टुँगो लगाउँछ ।”

उनले पार्टी एकता सरकार गठनभन्दा अघि नै हुनसक्ने समेत संकेत गरे । खनालले भने, “पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने कुरा हुँदैन्, दुवैले आ–आफ्नो ढंगले काम गर्छन्, तर पार्टी एकता सरकार गठनभन्दा पहिलेपनि हुनसक्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गर्नेमा ९९ प्रतिशत संभावना रहेको उनको भनाई थियो । 

खनालले भने, “अहिलेलाई केपी ओलीजी प्रधानमन्त्री बन्ने संभावना ९९ प्रतिशत छ, को अध्यक्ष बन्छ भन्ने विष्यमा सल्लाह गर्न बाँकी छ ।” 

Global Ime bank

नेता खनालले पार्टीले जिम्मेवारी दिए आफू जुनसुकै भूमिका निर्वाह गर्नबाट पछि नहट्ने समेत स्पष्ट पारे । उनले भने, “मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, म त्यो भूमिका दृढतापूर्वक पालना गर्न तयार छु ।”

एकतापछि पनि आफू अहिले जुन धरातलमा रहेको हो त्यही धरातलमा हुने खनालले विश्वास दिलाए । 

राष्ट्रपतिमा तपाईको नाम चर्चामा छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, “को राष्ट्रपति बन्छ भन्ने कुरा सबै कुरा ध्यानमा राखेर निर्णय हुन्छ, राष्ट्रमा पुर्याएको योगदानको आधारमा उचित निर्णय हुन्छ, यसबारेमा उपर्युक्त समयमा उपर्युक्त निर्णय गरिनेछ ।”

नेता खनालले प्रदेश प्रमुख नियुक्तीलाई आफूहरुले आश्चर्य र अनौठो ढंगले नलिएको स्पष्ट पारे । उनले भने, “सरकारले हालै गरेको प्रदेश प्रमुखको नियुक्तीलाई हामीले अनौठो र आश्चर्यको रुपमा लिएको छैन, प्रक्रिया अघि बढ्छ ।”

यद्यपी उनले आगामी सरकारले प्रदेश प्रमुखहरुको काम/कारबाही राम्रो ढंगले अघि बढेको नपाए त्यसमा विचार पुर्याउन सक्ने तर्क गरे ।  उनले फागुनको दोस्रो हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने विश्वास दिलाए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC