site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पर्दामा ३८ पुस्तक
Ghorahi CementGhorahi Cement

पुस्तकप्रेमीहरूले यो वर्ष (२०१८) पुस्तकमा आधारित ३८ वटा फिल्म र टेलिभिजन शृंखला हेर्न पाउनेछन् । हलिउडका उत्कृष्टतम कलाकारहरू यी फिल्ममा देखिनेछन् । ओप्रा विन्फ्रे, रिज विदरस्पुन र मिन्डी क्यालिङको ‘अ रिंकल इन टाइम’देखि स्टिभन स्पिलबर्गको ‘रेडी प्लेयर वन’ सेतो पर्दामा आउँदैछन् । दर्शकले यो वर्ष ‘फरेनहाइट ४५१’को स्वाद पुनः चाख्न पाउनेछन् । रे ब्राडबरीद्वारा सन् १९५३ मा लिखित उपन्यासमा आधारित भएर यो वर्ष फिल्म बन्दैछ ।

यहाँ सन् २०१८ मा प्रदर्शन हुने ३८ फिल्म र टेलिभिजन शृंखलाको सूची दिइएको छ, जुन सबै पुस्तक (उपन्यास÷कथा)मा आधारित हुन्ः

१) इलेक्ट्रिक ड्रिम्स (जनवरी १२ – टिभी शृंखला)
लेखकः फिलिप के. डिक

Agni Group

फिलिप के. डिकका कथाहरूमा आधारित रहेर निर्माण गरिएको ‘इलेक्ट्रिक ड्रिम्स’ मूलतः ‘साइन्स फिक्सन’ शृंखला हो । डिकका कथामा आधारित रहेर यसअघि नै ‘ब्लेड रनर’, ‘टोटल रिकल’, ‘माइनोरिटी रिपोर्ट’, ‘अ स्क्यानर डाक्र्ली’, ‘द म्यान इन त हाई क्यासल’जस्ता फिल्म बनिसकेका छन् । यो टिभी शृंखलामा ब्रायन क्रान्सटन, स्टिभ बसेमी, अन्ना पकिन र टेरेन्स होवार्डको अभिनय छ ।

२) द लिजर सिकर (जनवरी १९)
लेखकः माइकल जडुरियन

Global Ime bank

एक वयोवृद्ध दम्पती जीवनको उत्तराद्र्धतिर एउटा कुनै साहसिक यात्रामा निस्किएको कथा यसमा छ । यो फिल्ममा हेलेन मिरेन, डोनाल्ड सदरल्यान्ड र क्रिस्टी मिचेलको भूमिका छ ।

३) १२ स्ट्रङ (जनवरी १९)
लेखकः डग स्ट्यानटन

‘हर्स सोल्जर्स’ नाममा प्रकाशित पुस्तकमा आधारित रहेर ‘१२ स्ट्रङ’ फिल्म निर्माण भएको छ । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणपछि विशेष सैन्य टुकडी अफगानिस्तान गएको र घोडामा चढेर तालिवानसँग युद्ध लडेको वास्तविक घटनाबाट प्रेरित यो फिल्ममा क्रिस हेम्सवर्थ, माइकल शानन र विलियम फिचनरको मुख्य भूमिका छ ।

४) फरेभर माई गर्ल (जनवरी १९)
लेखकः हेइडी म्याकलाफलिन

यो प्रेमकथा हो । एक चर्चित संगीतकार १० वर्षअघि आफूले छाडेर गएकी प्रेमिका भेट्न फर्किएको कथा भन्ने यो फिल्ममा एलेक्स रोइ, जेसिका रोथे र जोन बेन्जामिन हिकेको मुख्य अभिनय छ ।

५) द एलिएनिस्ट (जनवरी २२ – टिभी शृंखला)
लेखकः कलेब कार

यो शृंखलामा सन् १८९६ को न्युयोर्क सहरको जीवनशैली देखिन्छ । अपराधसम्बन्धी समाचार लेख्ने पत्रकारले मनोचिकित्सकसँग मिलेर एक हत्याराबारे अनुसन्धान गरेको रोचक कथा भन्ने यो टिभी शृंखलामा डेनियल ब्रुल, डकोटा फ्यानिङ र ल्युक इभान्सको भूमिका छ ।

६) मेज रनरः द डेथ क्योर (जनवरी २६)
लेखकः जेम्स ड्यासनर

‘फ्लेयर’ नामक खतरनाक रोगविरुद्ध लड्ने उपाय खोज्न लामो मिसनमा हिँडेको युवा थोमसको यात्रा देख्न पाइने यो फिल्ममा रोजा सलाजर, थोमस ब्रुडी–स्याङ्स्टर र डाइलन ओ’ब्रायनको भूमिका छ ।

७) अल्टर्ड कार्बन (फेब्रुअरी २ – टिभी शृंखला)
लेखकः रिचार्ड के मोर्गन

चौबीसौं शताब्दीको ‘सेट’मा तयार गरिएको यो शृंखला मोर्गनको उच्चतम श्वेरपरिकल्पना हो । एकजना मान्छेको चेतना अर्को मान्छेको मस्तिस्कमा डाउनलोड गर्ने प्रविधिवरिपरि कथा घुमेको छ । नेटफ्लिक्सले निर्माण गरेको यो शृंखलामा एन्टोनियो मर्जियाल, क्रिस कोनर र हिरो कनागवाको अभिनय छ ।

८) फिफ्टी शेड्स फ्रिड (फेब्रुअरी ८)
लेखकः ई.एल. जेम्स

बहुचर्चित कथा शृंखया ‘फिफ्टी शेड्स’को यो तेस्रो भाग हो । यसअघिका ‘फिफ्टी शेड्स अफ ग्रे’, ‘फिफ्टी शेड्स डार्कर’ले बक्स अफिसमा ठूलो सफलता पाएका थिए । तेस्रो संस्करणमा पनि जेमी डोर्नन र डकोटा जोन्सन देखिनेछन् ।

९) पिटर र्‍याबिट (फेब्रुअरी ९)
लेखकः बिट्रिक्स पोटर

एउटा विद्रोही खरायोले तरकारीको खेतीमा पस्न बनाएको योजनालाई रमाइलो कथामा भनिएको यो एनिमेसनमा डेइसी रिडले, मार्गोट रोबी र डोमनल ग्लिसनले आवाज दिएका छन् ।

१०) द वार विथ ग्रान्डपा (फेब्रुअरी २३)
लेखकः रोबर्ट किमेल स्मिथ

आफ्नो प्यारो कोठा हजुरबुवासँग ‘शेयर’ गर्नु परेपछि फिर्ता पाउन नातिले गरेको संघर्षलाई रमाइलो पारामा देखाइएको यो फिल्ममा रोबर्ट डे निरो, जेन सेमोर र उमा थुर्मनको भूमिका छ ।

अन्य फिल्मः

११) एनिहिलेसन (फेब्रुअरी २३)
लेखकः जेफ भ्यान्डरमिर

१२) एभ्रि डे (फेब्रुअरी २३)
लेखकः डेभिड लेभिथन

१३) ल लुमिङ टावर (फेब्रुअरी २८– टिभी शृंखला)
लेखकः लरेन्स राइट

१४) रेड स्प्यारो (मार्च २)
लेखकः ज्यासन म्याथ्युज

१५) अ रिंकल इन टाइम (मार्च ९)
लेखकः म्याडेलिन एल’एन्जेल

१६) लभ, सिमोन (मार्च १६)
लेखकः बेकी अल्बर्टाली
पुस्तकको मूल शीर्षकः सिमोन भीएस द होमोसेपिन्यस एजेन्डा

१७) रेडि प्लेयर वन (मार्च ३०)
लेखकः अनेस्ट क्लाइन

१८) होवार्ड्स एन्ड (अप्रिल– टिभी शृंखला)
लेखकः ई.एम. फ्रोस्टर

१९) यु वेर नेभर रियल्ली हियर (अप्रिल ६)
लेखकः जोनाथन एम्स

२०) डोन्ट वरी, हि वन्ट गेट फार अन फुट (मे ११)
लेखकः जोन क्यालहन

२१) ह्वेर उड यु गो, बर्नाडेट (मे ११)
लेखकः मारिया सेम्पल

२२) शार्प अब्जेक्ट्स (टिभी शृंखला)
लेखकः गिलियान फ्लिन

२३) क्रेजी रिज एसियस (अगस्ट १७)
लेखकः केभिन क्वान

२४) द मेग (अगस्ट १०)
लेखकः स्टिभ अल्टन

२५) द लिटिल स्ट्रेन्जर (अगस्ट ३१)
लेखकः सराह वाटर्स

२६) द डार्केस्ट माइन्ड्स (सेप्टेम्बर १४)
लेखकः अलेक्जेन्ड्रा ब्राकेन

२७) द हाउस विथ अ क्लक इन इट्स वाल्स (सेप्टेम्बर २१)
लेखकः जोन बेलेर्स

२८) ब्वाइ इरेज्ड (सेप्टेम्बर २८)
लेखकः जेरार्ड कोन्ली

२९) द गर्ल इन द स्पाइडर्स वेब (अक्टुबर १९)
लेखकः डेभिड लेजरक्रान्ट्ज

३०) द हन्टिङ अफ हिल हाउस (अक्टुबर ३१ – टिभी शृंखला)
लेखकः शर्ली ज्याक्सन

३१) ब्युटिफुल ब्वाइ (नोभेम्बर)
लेखकः डेभिड शेफ

३२) म्यारी पोपिन्स रिटन्र्स (डिसेम्बर २५)
लेखकः पी.एल. ट्राभर्स

३३) द गन्र्से लिटरेरी एन्ड पोटाटो पिट पाई सोसाइटी (प्रदर्शन मिति तय गर्न बाँकी)
लेखकः म्यारी एन शाफर र एन्नी ब्यारोज

३४) फरेनहाइट ४५१ (प्रदर्शन मिति तय गर्न बाँकी)
लेखकः रे ब्राडबरी

३५) वि द एनिमल्स (प्रदर्शन मिति तय गर्न बाँकी)
लेखकः जस्टिन टोरेस

३६) बेल क्यान्टो (प्रदर्शन मिति तय गर्न बाँकी)
लेखकः एन प्याचेट

३७) स्नोपियर्सर (प्रदर्शन मिति तय गर्न बाँकी)
लेखकः ज्याक्स लोब

३८) क्यासल रक (प्रदर्शन मिति तय गर्न बाँकी)
लेखकः स्टेफन किङ

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC