site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मगन्ते
Ghorahi CementGhorahi Cement

– रवीन्द्रनाथ टैगोर


त्यो दृष्टिविहीन बूढी सधैंजसो मन्दिरको ढोकामा उभिन्थी, दर्शनार्थी बाहिर निस्किँदा हात फैलाएर भन्थी, “यो अन्धीलाई दया गर्नुस् ।”

उसलाई थाहा थियो– मन्दिर आउनेहरू सहृदयी र श्रद्धालु हुन्छन् । उसको यो अनुमान गलत थिएन । आउने–जानेहरूले दुई–चार पैसा हातमा राखिदिन्थे । हातमा पैसा परेपछि उसले आशिष दिन्थी । केही महिलाहरूले उसको साडीको लप्कोमा कहिलेकाहीँ खाद्यान्न पनि हालिदिन्थे ।

Agni Group

बूढी सधैं बिहानदेखि साँझसम्म यसैगरी हात फैलाएर मन्दिरअघि उभिरहन्थी । मनैमन भगवानलाई प्रणाम गर्थी र त्यसपछि लठ्ठी टेक्दै आफ्नो झुपडीतिर जान्थी । उसको झुपडी सहरभन्दा अलि बाहिर थियो । बाटामा भेटिने बटुवासँग पनि हात फैलाएर माग्थी । तर, धेरैजसो सेता लुगा लगाएका भेटिन्थे, जसबाट पैसा झर्ने सम्भावना हुँदैनथ्यो । र, पनि उसले भिख मागिरहन्थी । झुपडीसम्म पुग्दा थप दुई–चार पैसा हात पथ्र्यो पनि ।

झुपडीको नजिकै पुग्ने बेला १० वर्षको बालक दौडिँदै आएर ऊसँग लपक्कै टाँसिन्थ्यो । उसले सुम्सुम्याउँदै माया गर्थी । गालामा म्वाई खान्थी ।

Global Ime bank

बच्चा को हो, कसको हो, कहाँबाट आएको हो– कसैलाई थाहा थिएन । पाँच वर्षदेखि छरछिमेकले उसलाई एक्लै देखिरहेका थिए । तर, एकदिन साँझपख उसको काखमा छिमेकीले रोइरहेको एउटा बच्चा देखे । उसले थप्थपाउँदै उसलाई सुताउने प्रयास गरिरहेकी थिई । त्यो कुनै असाधारण घटना थिएन । त्यसैले उसलाई बच्चाबारे कसैले सोधेन । त्यही दिनदेखि बच्चा उसको साथमा थियो र खुशी थियो । आफूभन्दा मीठो खुवाउँथी, आफूभन्दा राम्रा लुगा लगाइदिन्थी ।

बूढीले आफ्नो झुपडीमा सानो खाल्डो खनेर एउटा भाँडो गाडेकी थिई । दिनभरि मागेर ल्याएको पैसा उसले त्यही भाँडोमा राख्थी र माथिबाट ढाक्थी । चोर नलागून् भनेर उसले त्यस्तो जुक्ति लगाएकी थिई । जम्मा भएको खाद्यान्नचाहिँ पकाउँथी, खान्थी र बच्चालाई खुवाउँथी । राति बच्चालाई आफ्नो छातीमा टाँसेर सुताउँथी । बिहान उसलाई खुवाएर आफू मन्दिरको ढोकाअगाडि उभिन जान्थी ।

० ० ०

काशीमा बनारसीदास साहू धेरै प्रसिद्ध नाम हो । बच्चादेखि बूढासम्म सबै उसलाई चिन्थे । ठूलो देशभक्त र धर्मात्मा थियो ऊ । धर्ममा बढी रुचि थियो । दिउँसो १२ बजेसम्म स्नान र ध्यानमा हराउँथ्यो । घरमा सधैंजसो भीड लागिरहन्थ्यो । धेरैजसो कर्जा लिन आउँथे । कोही त्यस्ता पनि आउँथे, जसले आफूसँग जम्मा भएको पुँजी सुरक्षाका लागि उसको जिम्मा लगाउँथे । बूढीलाई पनि यो कुरा थाहा थियो । तर, थाहा छैन किन– अहिलेसम्म ऊ जम्मा पुँजी त्यहाँ जम्मा गर्न गएकी थिइन ।

ऊसँग धेरै पैसा जम्मा भइसकेको थियो । झुपडीमा लुकाएर राखेको भाँडो भरिइसकेको थियो । चोर लाग्ला भनेर उसलाई डर लागिरहन्थ्यो । एकदिन साँझपख उसले त्यो भाँडो निकाली र धोतीमा बेरेर साहूको घरतिर हिँडी– लठ्ठीको भरमा ।

ऊ पुग्दा साहू हिसाबकिताब गर्दै थियो । सोध्यो, “के छ ? किन आएको ?”

उसले भाँडो अगाडि सारी र डराई–डराई भनी, “साहूजी, यो पैसा तपाईंसँगै जम्मा गरेर राखिदिनुस् । म आँखा देख्दिनँ, कहाँ राख्दै हिँडूँ ?”

साहूले पुलुक्क भाँडोतिर हेर्‍यो र भन्यो, “के छ यसमा ?”

उसले भनी, “भीख मागी–मागी छोराको लागि दुई–चार पैसा जम्मा गरेकी छु । आफूसँग राख्न डर लाग्छ । यसलाई तपाईंसँगै सुरक्षित राखिदिनुस् है ।”

साहूले लेखापाललाई आँखा सन्काउँदै भन्यो, “ल, दराजमा राखिदेऊ ।” त्यसपछि बूढीतिर फर्किएर सोध्यो, “तिम्रो नाम के हो ?”

बूढीले आफ्नो नाम भनी । लेखापालले नगद गनेर उसको नाममा जम्मा गर्‍यो । बूढी साहूलाई आशीर्वाद दिँदै उठी र आफ्नो झुपडीतिर हिँडी ।

० ० ०

दुई वर्ष सुखले बिते । तर, अचानक एकदिन बच्चालाई ज्वरोले थिच्यो । बूढीले औषधिमुलो गरी, झारफुक गरी, टुनामुनाको शरणमा परी । तर, सबै प्रयास विफल भए । बच्चाको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको थियो । बूढीको मन छियाछिया भयो । उसका आँखामा पहिल्यै अँध्यारो थियो, बच्चाको प्रेमले कमसेकम परेलीभित्रै भए पनि उज्यालो देख्थी । त्यसमा पनि एक्कासि अँध्यारो छायो । अन्तिममा के सोची कुन्नि– डक्टरकहाँ लिएर जाने भई । 

तर, ऊसँग प्रशस्त नगद थिएन । त्यसैले ऊ साहूकहाँ पुगी । साहू घरमै भेटियो ।

बूढीले हात जोड्दै बिन्ती गरी, “साहूजी, मैले जम्मा गरेको पैसा दिनुभए ठूलो गुन लाग्थ्यो । मेरो छोरा बिरामी भएर भरे–भोलि भएको छ । डाक्टरकहाँ देखाउन जाने पैसा भएन ।”

साहूले कठोर शब्दमा भन्यो, “कस्तो पैसा ? कहिले जम्मा गरेको पैसा ? मसँग कसैको केही जम्मा पैसा छैन ।”

बूढीका आँखा रसाए । रुँदै याचना गरी, “दुई वर्षअघि हजुरकै जिम्मा लगाएर हिँडेकी थिएँ । दया गरेर दिनुस् ।”

ऊ हिक्का छाडेर रोई ।

साहूले लेखापालतिर रहस्यमय दृष्टिले हेर्‍यो र भन्यो, “यसो हेर्नुस् त, यिनको नाममा केही जम्मा छ कि छैन ! तिम्रो नाम के हो रे ?”

यति सुनेपछि बूढीको मनमा एकाएक आशाको दियो बल्यो । मनमा उत्तिखेरै खुशीका लहरा लहराए । पहिलो उत्तर सुन्दा उसलाई लागेको थियो– साहू बेइमान रहेछ । दोस्रो उत्तरपछि लाग्यो– बिर्सिएको पनि त हुन सक्छ । यस्ता धर्मात्मा पनि कहीँ झुट बोल्छन् र ?

उसले आफ्नो नाम भनी । लेखापालले खाता हेरेजस्तो गरेर भन्यो, “यो नाममा त एक पैसा पनि जम्मा भएको छैन त ।”

बूढी फेरि जड भई । मुटुमा उत्तिखेरै तीखो धनुषले घोचेजस्तै भयो । फेरि आँखाबाट बरर आँसु झरे । रुँदै भनी, “साहूजी, भगवानको नाममा, धर्मको नाममा केही दिनुस् । मेरो छोरो यत्तिकै मर्छ । म जिन्दगीभरि तपाईंको गुण गाउँदै हिँड्नेछु ।”

तर, ढुंगा पग्लिएन । साहू पग्लिएन । झनै क्रूद्ध भएर भन्यो, “खुरुक्क जान्छ्यौ कि नोकर बोलाएर बाहिर निकालूँ ?”

बूढी लठ्ठी टेकेर उठी र साहूतिर फर्किएर भनी, “भगवानले तपाईंलाई धेरै दिऊन् ।”

त्यसपछि ऊ लर्खराउँदै झुपडीतिर लागी । उसले साहूलाई आशीर्वाद होइन, श्राप दिएकी थिए ।

बच्चाको अवस्था बिग्रिँदै गयो । पैसा नहुँदा औषधिपानी गर्नै सकिन । अवस्था झनै खस्किँदै गयो । बच्चा बाँच्ने सम्भावना क्षिण हुँदै गयो । त्यसपछि बूढीको मनोबल पनि खस्कियो । सारा संसारमा आफू एक्लै भएझैं लाग्यो । घरिघरि साहूको वचन सम्झिन्थी र रिसले दाह्रा किट्थी । यति धनी भएर पनि दुःखको बेला दुई–चार पैसा दिएन । आफ्नै पैसा माग्दा पनि उसले पाइन ।

एक्कासि खै के सोची– बच्चालाई अँगालोमा उठाई र लर्खराउँदै साहूको घरअगाडि गई । बच्चालाई ढोकाअघि सुताई र आफू त्यहीँ बसी । बच्चाको शरीर ज्वरोले उम्लिएको थियो । त्यसको ठीक विपरीत बूढीको मुटु बेतोडले चिसिएको थियो ।

साहूको एकजना नोकर केही कामले बाहिर आयो । बूढीलाई देखेपछि उसले साहूलाई जानकारी दियो । साहूले भन्यो, “उसलाई तुरुन्तै त्यहाँबाट निकाल ।”

नोकरले बूढीलाई जान भन्यो तर ऊ डेग चलिन । मार्ने धम्की दियो, ऊ टसमस भइन । उसले साहूलाई भन्यो, “बूढी त मरे उठ्दिन ।”

साहू आफैं बाहिर आयो । बूढीलाई देख्नेबित्तिकै चिन्यो । बच्चालाई देखेपछि ऊ एकछिन तिल्मिलायो । असंख्य कमिलाले शरीरमा टोकेजस्तो भयो । त्यो बच्चाको अनुहार हुबहु उसको छोरा मोहनसँग मिल्थ्यो । सात वर्षअघि मोहन एउटा मेलाबाट हराएको थियो । साहूले मोहनलाई थुप्रै ठाउँमा खोज्यो तर कतै भेट्टाएन । उत्तिखेरै साहूले सम्झियो– मोहनको जाङमा एउटा रातो रंगको चिन्ह थियो । ऊ बूढीको नजिक गयो र बच्चाको जाङ हे¥यो । रातो चिन्ह त थियो तर पहिलेभन्दा ठूलो । उसलाई पूर्ण विश्वास भयो– त्यो बच्चा आफ्नै छोरो मोहन हो । 

साहूले बूढीको अँगालोबाट बच्चालाई तान्यो र आफ्नो अँगालोमा बे¥यो । शरीर ज्वरोले उम्लिएको थियो । नोकरलाई अह्राएर डक्टर लिन पठायो र आफू घरभिर गयो । 

बूढी बाहिर रुँदै चिच्याउँदै थिई, “मेरो बच्चालाई नलैजाऊ । पैसा त निल्यौ–निल्यौ, बच्चालाई पनि मबाट छुट्टाउन लाग्यौ ?”

साहू अलि गम्भीर भएर बोल्यो, “यो बच्चा मेरो हो । एकमात्र छोरो । सात वर्षपहिले मेलामा हराएको थियो, अहिले बल्ल भेटियो । म यसलाई अब मबाट छुट्टिन दिन्नँ । सारा संसार एक गराएर भए पनि उपचार गरेर बचाउँछु ।”

बूढी रिसले भावन्नै भएर बोली, “आफ्नो बच्चा भएपछि मात्रै बचाउने, मेरो भएको भए यत्तिकै मर्न दिने ? कहाँको न्याय हो यो ? यस्तालाई धर्मात्मा भन्छन् ? यसलाई हुर्काउन मैले रगत–पसिना बगाएकी छु । म कसैगरी पनि तपाईंलाई दिन्नँ ।”

साहू बडो असमञ्जसमा पर्‍यो । उपाय केही नलागेपछि एकछिन त्यहीँ ठिंग उभिइरह्यो र सरासर घरभित्र गयो । ड्याम्म ढोका लगायो । बूढी केहीबेर त्यहीँ रोएर उभिइरही । आँसुका धारा बगाउँदै एकछिनपछि ऊ आफ्नो झुपडीतिर लागी ।

अर्को दिन बिहान औषधिले प्रभाव देखाउन थाल्यो । मोहनको ज्वारो सामसुम भयो । होश आएपछि उसले आँखा खोल्यो र भन्यो, “आमा !”

नयाँ र अपरिचित अनुहार देखेपछि मोहनले आँखा चिम्लियो । उत्तिखेरै ज्वरो बढ्न थाल्यो । जतिखेर पनि ‘आमा ! आमा !!’ भन्न थाल्यो । साहूका हातखुट्टा गले । चारैतिर अँध्यारो देखे । के गरूँ, कसो गरूँ भयो । यति वर्षपछि भेटिएको छोरोलाई मृत्युले निल्दै छ, कसरी बचाउने होला ?!

झ्वाट्ट उसले बूढीको अनुहार सम्झियो । पत्नीलाई ढोकाबाहिर हेर्न पठायो । बूढी त घर गइसकेकी थिई । ऊ आफैं गाडी चलाएर बूढीको झुपडीतिर हान्नियो । झुपडीमा ढोका थिएन, भित्र पस्यो र देख्यो– बूढी पुरानो मक्किएको खटियामा भक्कानिँदै घोप्टो परेकी थिई । साहूले बिस्तारै उसको शरीरलाई चलायो । बूढी पनि ज्वरोले निस्लोट परेकी थिई ।

साहूले भन्यो, “तिम्रो बच्चा मर्दै छ, डाक्टरले पनि आशा मारिसके । मोहनले तिम्लाई बोलाइरहन्छ । अब तिम्ले नै उसको प्राण बचाउन सक्छ्यौ । मसँग हिँड र आफ्नो बच्चालाई बचाऊ ।”

बूढीले भनी, “मर्छ भने मर्न दिनुस्, म पनि मर्दै छु । हामी दुवै स्वर्गमा गएर फेरि आमा–छोरा भएर बाँच्नेछौं । यो लोकमा सुख छैन । त्यहाँ मेरो छोरो सुखले बाँच्नेछ । स्वर्ग पुगेपछि मैले उसको स्यहारसुसार गर्नेछु ।”

बल्ल साहूका आँखा भरिए र आँसु भुइँमा खसे । आजसम्म उसले कसैको अगाडि टाउको निहुराएको थिएन तर आज बूढीको सामु ऊ झुक्यो र भन्यो, “कमसेकम आमाको ममतालाई त मर्न नदेऊ । आखिर तिमी पनि त उसकी आमा हौ । तिमी गयौ भयो छोरो बाँच्छ ।” साहू सुँक्सुकायो ।

‘ममता’ शब्दले बूढीलाई गलायो । तुरुन्तै भनी, “ल हिँड्नुस् ।”

साहूले सहारा दिएर बूढीलाई उठायो र गाडीमा बसाल्यो । गाडी तुफानझैं बत्तियो । त्यतिबेला साहू र बूढी दुवैको एउटै दशा थियो । दुवैको कामना थियो– छिटो छोरासामु पुगूँ र मायाले सुम्सुम्याऊँ ।

घर आएपछि साहूले बूढीलाई समातेर भित्र लगे । जानेबित्तिकै उसले मोहनको टाउकोमा हात राखी र सुम्सुम्याई । मोहनलाई थाहा भयो– यो उसकी आमाको हात हो । पुलुक्क आँखा खोल्यो र देख्यो– आमा उसकै सामु उभिएकी छन् । च्याप्प हात समात्यो र भन्यो, “आमा, आउनुभो ?”

बूढीले भक्कानिएर भनी, “अँ बाबु, तँलाई छाडेर कहाँ जान सक्छु र !”

बूढी मोहनको टाउको नजिकै बसी र काखमा रखी । उसले यत्तिको सुख यसअघि कहिल्यै पाएकी थिइन । मोहन उसकै काखमा निदायो ।

अर्को दिनदेखि नै मोहनको अवस्था सुध्रिन थाल्यो । डक्टरका औषधि, वैद्यका जडिबुटीले गर्न नसकेको काम बूढीको स्नेहले ग¥यो । १०–१५ दिनमै ऊ तंग्रियो ।

ऊ पूरै स्वस्थ भएपछि बूढीले बिदा मागी । साहूले सँगै त्यही घरमा बस्न अनुनय–विनय गर्‍यो तर बूढी आफ्नो निर्णयबाट पछि हटिन । बाध्य भएर साहूले उसलाई बिदा गर्‍यो । ऊ उठेर जाने बेला साहूले पैसाको थैलो दियो । बूढीले थैलो छामछुम गरी र सोधी, “यसमा के छ ?”

साहूले झुकेको स्वरमा भन्यो, “यसमा तिम्रो पुँजी छ । तिमीले कमाएको धन छ । मैले तिमीमाथि अपराध गरें...”

बूढीले बीचमै काटेर भनी, “यो पैसा त मैले मोहनको लागि जम्मा गरेकी थिएँ, उसैलाई दिनुहोला ।”

त्यो थैलो त्यहीँ छाडेर बूढी लठ्ठी टेक्दै बाहिर निस्किई । उसका आँखाभरि आँसु थिए । ऊ मगन्ते भएर पनि साहूभन्दा कैयौं गुणा धनी थिई । यतिबेला ऊ दाता र साहू मगन्तेजस्ता थिए ।


(साभारः चाँद सितारे– रवीन्द्रनाथ टैगोर की कहानियाँ)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC