site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आईफ्लिक्सले कोरियन ड्रामा माई फर्स्ट लभ  प्रिमियर गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाण्डौ ।  उदीयमान बजारका लागि संसारकै अग्रणी मनोरन्जन सेवा प्रदायक मानिएको आईफ्लिक्सले अब रोमान्टिक कोरियन ड्रामा माई फर्स्ट लभ को प्रिमियर गर्ने भएको छ ।

सुरुका चार एपिसोड आजैबाट स्ट्रिम र डाउनलोडका लागि आईफ्लिक्समा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

साथै, कोरियाको ओसिएन टेलिभिजनले हरेक साता मंगलबार र बुधवार प्रसारण गरेको २४ घण्टापछि हरेक हप्ता नयाँ-नयाँ एपिसोड उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

किम ही र्यार र किम ब्युंग क्वानको वेब-कमिक धारावाहिक माई फर्स्ट लभ ले पहिलो प्रेमको अविस्मरणीय कथा प्रस्तुत गरेको छ ।

दश बर्ष व्यतित भइसक्दा पनि कांग शिन-वू (ली जुंगशिन) ले आफ्नो पहिलो प्रेम हान जी-सू (लिई यील-युम) लाई बिर्सन सक्दैन l अचानक कांग अतितमा फर्किन्छ र आफ्नो युवा अवस्थाको समय (सिओ-जी-हुन) महसुस गर्छ l त्यहीबेला उसलाई आफ्नो इतिहास पुनर्लेखन गर्ने मौका दिइन्छ ताकि उसले हाइस्कुलका यादहरू सच्याउन सकोस् l  

Global Ime bank

आईफ्लिक्सलाई कोरियन मनोरन्जनको उत्कृष्ट गन्तब्य बनाउनका लागि लोकप्रिय र अत्यधिक प्रशंसा पाएका कोरियन ड्रामाहरू सेक्रेट गार्डेन, गब्लिन, द लिजेंड अफ द ब्ल्यु सी, डिसीडेन्टस् अफ द सन्, द इन्हेरिटरस् र अरु धेरै लगायत माई फर्स्ट लभ पनि आईफ्लिक्सको बृहत् लाइब्रेरी संलग्न गरिएको हो l 

आईफ्लिक्सकी नेपाल कन्ट्री लिड भावना घिमिरे भन्छिन्, “हामी कोरियन ड्रामाको क्रेजलाई नेपालका आईफ्लिक्स सब्स्क्राइबर माझ पस्किन पाउँदा धेरै हर्षित छौं l अब सिधै कोरियाबाट टेलिभिजनले प्रसारण गरेको २४ घण्टामैं माई फर्स्ट लभका एपिसोडहरू दर्शकसामु आइपुग्नेछन् l हाम्रा सब्स्क्राईबरमाझ माई फर्स्ट लभ पस्किनु भनेको हामी अत्यन्तै उत्कृष्ट शोहरू मात्र दिन्छौं है भन्ने प्रतिबद्धताको एउटा उदाहरण हो l त्यसमाथि उहाँहरूले हेर्न चाहेका सामग्री, उहाँहरूकै तरिकाले हेर्न मिल्ने l”

एसिया, मध्यपूर्व र अफ्रिकाका २५ राष्ट्रमा १ अर्बभन्दा बढी प्रयोगकर्ताका लागि उपलब्ध आईफ्लिक्सले भिडियो स्ट्रिमिङका सन्दर्भमा बजारको अग्रस्थानमा आफूलाई स्थापित गरिसकेको दाबी गरेको छ l 

अंग्रेजी सबटाइटल सहित माई फर्स्ट लभ हेर्न तलको लिंकमा जान सकिनेछ ।

https://piay.iflix.com/login?

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC