site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समृद्ध कसरी बन्छ प्रदेश न.७  ?

समृद्धिको इतिहास

अहिलेको प्रदेश नम्बर सातौंदेखि १४ औं शताब्दीको शक्तिशाली राज्य खस साम्राज्यको महत्त्वपूर्ण भाग थियो । खस साम्राज्य आधुनिक नेपालभन्दा पनि ठूलो थियो । त्यसको सिमाना उत्तरमा तिब्बत, पूर्वमा काठमाडौं र पश्चिम लद्दाखसम्म फैलिएको थियो । मानव सभ्यताकै प्रतिनिधित्व गर्ने खस राज्य खस आर्यहरूको पहिचानको खोजी र यसको अध्ययन अनुसन्धान गर्दा इतिहासकै एउटा आयामको रूपमा जोडिएको छ । नेपाली भाषाको साथै सनातन सभ्यताको उद्गमस्थलका रूपमा पनि खस राज्यलाई लिने  गरिन्छ । तिब्बतसँगको व्यापारलाई प्राथमिकता दिँदै, खस राज्यमा निर्मित ढलोटका मूर्तिहरू तिब्बत  हुदै चीनसम्म पुग्थे । अल्लो र गाँजाका डाँठबाट रेसा झिकेर कपडा बुनी विदेशमा निर्यात गरिन्थ्यो । आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सम्पन्न खस राज्य चौधौं शताब्दीकाे मध्यतिरबाट ओरालो लागेको थियो । अभय मल्लको शासनकाल सुरु भएपछि बिस्तारै स्थानीय सामन्तहरू स्वतन्त्र हुदै गए र चौधौं शताब्दीको मध्यतिर विशाल खस साम्राज्य बाइसे राज्यमा टुक्रिएको हो । 

समृद्धिका आधारहरू

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश न. ७ अन्य प्रदेशको तुलनामा पिछडिएको प्रदेशको रूपमा चिनिन्छ । यस प्रदेशको झन्डै आधा जनसंख्या गरिबीको रेखामुनि रहेको छ । नेपाल जीवनस्तर सर्वेक्षण, २०६७/६८ ले सबैभन्दा धेरै गरिब रहेका भनिएका १० जिल्लामध्ये प्रदेश न. ७ मा मात्रै ६ जिल्ला बाजुरा, बझाङ, दार्चुला, डोटी, अछाम र बैतडी पर्छन् । विकासको पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेश न. ७ अन्य प्रदेशको तुलनामा विकासको दृष्टिले ८० वर्ष र गरिबीको हिसाबले १५ वर्ष पछाडि रहेको छ । 

कृषि

Global Ime bank

प्रदेश नं. ७ का  अन्न भण्डारका रूपमा चिनिएका तराईका दुई जिल्ला कैलाली र कन्चनपुरमा  धान, गहुँ, दलहनलगायतका खाद्यान्नको मनग्य उत्पादन हुनेगरेको छ । यहाँको उत्पादनले प्रदेश नं.७ लाई आत्मनिर्भर बनाएको छ । पहाडी जिल्लामा आलु, स्याउ, सुन्तला र अदुवाको राम्रो उत्पादन हुनेगरेको छ । बजारको अभावले पहाडी जिल्लामा उत्पादन हुने फलफूल सडेर जानेगरेका छन् । अत्यधिक मात्रामा खेतीयोग्य जमिन हुँदाहुँदै पनि करिब २० प्रतिशत जमिनमा मात्र सिँचाइको सुविधा छ भने बाँकी ८० प्रतिशत जमिनमा आकाशको भरमा खेती गर्नुपरेको छ । विषादीको प्रयोगबिना खेती हुने भएकाले प्रदेश न.७ लाई अर्गानिक क्षेत्रका रूपमा पनि देशैभर चिनाउन सकिन्छ । अहिले नेपालामा विषालीको अत्यधिक प्रयोग भइरहेको छ । यस्तो समयमा अर्गानिक खेतीले राम्रो बजार पाउने सम्भावना छ । 

जलविद्युत्

प्रदेश न.७ मा देशभरको उत्पादन क्षमताको करिब एक तिहाइ जलविद्युत् उत्पादन गर्न सकिन्छ । दस हजार मेगावाटको कर्णाली, छ हजार ७ सय ८० मेगावाटको पंचेश्वर, सात सय ५० मेगावाटको पश्चिम सेती, ३० मेगावाटको बूढीगंगा, ३० मेगावाटको चमेलिया जस्ता योजना प्रदेश ७ मा पर्छन् । यसरी प्रदेश ७ मा साना तथा मझौला जलवपद्युत्समेत गरेर ३३ हजार मेगावाट विद्युत् क्षमता रहेको छ । प्रशस्त मात्रामा विद्युत् उत्पादन गरेर प्रदेश न.७ बाट नजिकै रहेका भारतका करिब १० करोड जनसंख्या भएका उत्तर प्रदेश र उत्तराखण्डमा विद्युत् निर्यात गर्न सकिन्छ । विद्युत् उत्पादन प्रारम्भ हुनासाथ यस क्षेत्रको गरिबी दर घटाउन मद्दत पुग्ने निश्चित छ । आयोजना निर्माण हुनासाथ यस क्षेत्रमा सडक, विद्यालय, अस्पताल, व्यापारी केन्द्र आदिको विकास  हुनेछ । विद्युत् बेचेरमात्र पनि प्रदेश ७ ले आर्थिक फड्को मार्नसक्छ ।

जडीबुटी

दार्चुला, बझाङ र बाजुराका हिमाली भेगमा बहुमूल्य बुटी यार्सागुम्बा पाइन्छ । यसैगरी पाँचऔले, केसर, चिराइतोलगायतका अमूल्य जडीबुटी पनि यहाँ पाइन्छन् । प्रदेश ७ मा बर्सेनि करिब ७० करोडको जडीबुटी संकलन गरिन्छ । उचित नीति र व्यवस्थापनको अभावमा यी जडीबुटीबाट देशले फाइदा लिनसकेको छैन । ठूलो परिमाणमा जडीबुटी तस्करी हुने र अन्य जडीबुटी पनि प्रशोधन गर्ने व्यवस्था नहुँदा कौडीको भावमा निर्यात हुनेगरेका छन् । जडीबुटी प्रशोधन उद्योग खोलेर जडीबुटी यहीँ प्रशोधन गरेमा यसबाट आर्थिक विकासमा ठूलो मद्दत पुग्ने देखिन्छ । 

धार्मिक पर्यटन 

प्रदेश न.७ मा समृद्धिको ढोका खोल्ने सम्भावना बोकेको अर्को क्षेत्र पर्यटन हो । प्रदेश ७ बाट  करिब ८ देखि १० घन्टाको सडक दूरीमा छिमेकी विशाल मुलुक भारतको राजधानी नयाँ दिल्लीसहित करिब आधा दर्जन बढी ठूला सहर पर्छन् । भारतको पश्चिम क्षेत्रमा झन्डै १० करोड भारतीय बसोबास गर्छन् । भारतबाट बर्सेनि लाखौं पर्यटक भित्रिने सम्भावना रहेको छ । लाखौं भारतीय बर्सेनि लाखौं खर्च गरेर मानसरोवर यात्रामा निस्कने गर्छन् । भारतबाट मानसरोवर यात्रा गर्ने सबैभन्दा छोटो, सुलभ र सस्तो मार्ग प्रदेश न.७ मै रहेको छ ।

दिल्लीबाट ७०० किलोमिटरको दूरीमा चीनको सीमा पर्छ । सबैभन्दा छोटो दूरीमा रहेको भारत चीन जोड्ने बझाङको ताक्लाकोट नाकासम्म सडक सञ्जाल विस्तार गर्ने बित्तिकै लाखौं भारतीय तीर्थयात्री ताक्लाकोट हुँदै मानसरोवर यात्रामा जान सक्नेछन् । दार्चुला जिल्लामा रहेको त्रिपक्षीय नाका लिपुलेक तीन देशको केन्द्रका रूपमा विस्तार गरेर व्यापार केन्द्र बनाउन सकिन्छ ।  

यसैगरी खप्तड बाबाले ध्यान गर्नुभएको पवित्र भुमि खप्तड, बाजुराको बडिमालिका, डोटीको शैलेश्वरी मन्दिर, कैलालीको बहेडाबाबा, बझाङको सुर्मासरोबरलगायतका धार्मिकस्थलको प्रचारप्रसार गरेर लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । सैपाल, अपीलगायतका हिमालसम्म सहज आगमन हुनसकेमा पर्यटकहरू यतातिर पनि उल्लेख्य मात्रामा आउने सम्भावना रहेको छ । डोटीबाट खप्तडसम्म केबलकार निर्माण गर्ने हो भने खप्तड नेपालकै नमुना पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।  देउडा, गौरा र थारुजातिको माघी पर्वलाई राष्ट्रिय स्तरमा प्रचारप्रसार गरेमा उल्लेख्य मात्रामा सांस्कृतिक पर्यटक भित्र्याउन सकिन्छ । 

वनजंगल

प्रदेश न.७ मा ९ हजार ४ सय ७६.६९ वर्ग किलोमिटर वन क्षेत्र रहेको छ ।यो ४८.५ प्रतिशत हो । घना वनजंगल क्षेत्र रहेको प्रदेश ७ मा वनमा आधारित उद्योग स्थापना गरेर आर्थिक लाभ लिन सकिन्छ । बाँस, निगालो र काठबाट बनेका हस्तकलाका सामग्री भारत, चीन, बंगलादेशलगायतका मुलुकमा निर्यात गर्नसकिन्छ । 

प्रचुर मात्रामा समृद्धिका आधार हुँदाहुँदै पनि भौतिक पूर्वाधारको विकास नहुँदा अहिलेसम्म पनि प्रदेश न. ७ समृद्धिको बाटो हिड्नसकेको छैन । विकट पहाडी जिल्ला र अप्ठेरा पहाडका कारण सडक विस्तार गर्नु चुनैतीपूर्ण रहेको छ । अब बन्ने सरकारले भौतिक विकासमा ध्यान दिन जरुरी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC