site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
देउवा जतिपटक प्रधानमन्त्री कांग्रेसलाई त्यति क्षति !
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावताकाको भाषणमा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनिदिए ।

त्यसको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढी पुगेर आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भनेको बताउँदै फेरि पनि प्रधानमन्त्री आफैँ बन्ने दाबी गरे ।

यो विषय नेपाली राजनीतिमा बेलाबेलामा चर्चामा आइरहेको छ । पछिल्लोपटक कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पनि कांग्रेसकै नेताहरूले नेतृत्वको चर्को आलोचना गरे । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि चलेको बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वको चर्को आलोचना गरेको समाचार आजका पत्रपत्रिकाले प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक दैनिकमा ‘कांग्रेस बैठकमा देउवाको कडा आलोचना’ शीर्षकमा बालकृष्ण अधिकारीले लेखेको समाचारमा सभापतिकै कारण पार्टीले पराजय भोग्नुपरेको भन्दै आलोचना गरिएको थियो । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट केन्द्रीय सदस्यहरुले नेतृत्वको चर्को आलोचना गरेका हुन् ।

बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति देउवाले जतिपटक सरकारको नेतृत्व गरे पार्टीले त्यति नै क्षति बेहोरेको बताएका थिए । ‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधैँ घाटा भइरहेको छ । सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ,’ पौडेलको भनाइ रहेको समाचारमा उल्लेख छ ।  त्यसको जवाफमा देउवाले ‘पौडेलजी मेरो ग्रहदशा बिग्रेर तपाईँले चुनाव हार्नुभएको हो ?’ भनेर सोधेका थिए ।

Global Ime bank

कांग्रेस बैठकको समाचारलाई कान्तिपुर दैनिकले पनि विशेष महत्वका साथ प्रकाशित गरेको छ । दोस्रो पृष्ठमा कुलचन्द्र न्यौपानेले ‘देउवाको कडा आलोचना’ शीर्षकमा समाचार लेखेका छन् ।  उनले लेखेको समाचारमा पनि देउवाको केन्द्रीय सदस्यहरूले कडा आलोचना गरेको उल्लेख छ ।

‘देउवामाथि खनिए नेता’ शीर्षकमा राजधानी दैनिकमा महेश्वर गौतमले लेखेको समाचारमा पनि नेतृत्वको कडा आलोचना भएको उल्लेख गरिएको छ । नयाँ पत्रिका दैनिकले पनि कांग्रेस बैठकमा देउवाको आलोचना शीर्षकमा रमेश सापकोटाले समाचार लेखेका छन् ।

अन्नपूर्ण पोस्टमा ‘गुटको सल्लाहमा चले देउवा’ शीर्षकमा पहिलो पृष्ठमै नवीन झाले समाचार लेखेका छन् । हिमालय टाइम्सले महासमिति बैठक बोलाउन माग शीर्षकमा समाचार लेखेको छ ।

अन्य समाचार 

आजको कान्तिपुर दैनिकले विकास सम्बन्धी समाचारलाई मुख्य प्राथमिकतामा राखेको छ । ‘पूर्वमा सहरीकरण तीव्र’ शीर्षकमा इटहरी चोकको रात्रिकालीन दृश्यसहितको तस्बिर राखेर त्यसक्षेत्रमा भएको विकासका बारेमा समाचार प्रकाशित गरेको छ ।

कान्तिपरले नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुसालले सुमार्गीको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर बिहीबार रिपोर्टस क्लबमा बोलेको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ । भुसालले आफ्ना अध्यक्षको सुमार्गीसँग कुनै सम्बन्ध नरहेको दाबी गर्दै उनको सम्पत्ति राज्यले छानविन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

त्यसैगरी कान्तिपुरसहित केही पत्रिकाले प्रदेशको राजधानीमा सर्वसाधारण धाउनुनपर्ने भन्ने विषयको समाचार पनि प्रकाशित गरेका छन् । आजको नयाँ पत्रिका दैनिकले पनि ‘के –के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

आजको नागरिक दैनिकले पनि ‘प्रदेश मुकाम जनताको साइनो न सम्बन्ध’ शीर्षकमा समाचार लेखेको छ । सोही समाचारसँगै ओलीको प्रतिक्रिया  र अस्थायी राजधानी नै स्थायी हुने शीर्षकको समाचार पनि प्रकाशित गरेको छ ।

राजधानी, हिमालय टाइम्स र अन्नपूर्ण पोस्टले प्रदेश मुकामको विषयलाई लिएर चर्किएका आन्दोलनलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

सम्पादकीय 

‘औचित्यहीन आन्दोलन’ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेख्दै भनेको छ– अहिले भएको आन्दोलनले पनि संघीयता कार्यान्वयन भएको हेर्न नचाहनेलाई मलजल गर्ने निश्चित छ । तसर्थ, आन्दोलनको कार्यक्रम छाडेर प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुको विकल्प छैन ।’

‘दलहरु गैरजिम्मेवार नबन’ शीर्षकमा हिमालय टाइम्सले सम्पादकीय लेखेको छ । सम्पादकीयमा जनताले माग गर्नु नाजायज नभए पनि जनप्रतिनिधिले आश्वासन दिएर भड्काउनु राम्रो नभएको उल्लेख गरिएको छ ।

‘विृकत व्यवस्था’  शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेख्दै भनेको छ–राजनीतिक दलसँगको सान्निध्यबाट गुन्डा नाइकेहरूले पनि आफूलाई राजनीतिकर्मीको हैसियतमा उचाल्ने जुन मौका पाउने अवस्था देखिएको छ, त्यो लोकतन्त्रकै धज्जी उडाउने काम हो ।’

‘अनावश्यक तनाव’ शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा अहिले तोकिएका प्रदेश राजधानी अस्थायी भन्ने जान्दाजान्दै पनि प्रदेश सभाको केन्द्र आफ्नैमा हुनुपर्छ भनेर प्रदर्शनमा उत्रिनु क्षेत्रीयतावादको निम्छरो अभिव्यक्ति भएको उल्लेख छ ।

‘संयमको खाँचो’ शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा कुनै विषयप्रति असहमति प्रकट गर्ने वा कुनै माग राख्ने नागरिकको अधिकार हो तर त्यो शान्तिपूर्ण ढंगबाट हुनुपर्छ भन्ने सबै पक्षले ख्याल गर्नुपर्ने उल्लेख छ ।

‘औचित्यहीन विरोध’ शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ । सम्पादकीयमा अहिले देखिएको अनुशासनहीनता र अराजकता नेतृत्वको अदूरदर्शिताको उपज’ भएको उल्लेख गरिएको छ ।

तस्बिर रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC