site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फिफा वरियतामा नेपाल ६ स्थान माथि, नेपाल १६५ औं स्थानमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय  फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो ।

फिफाको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७१ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छन् । नेपाल भन्दा माथि भारत १०२ औं र माल्दिभ्स १५० औं स्थानमा रहेको छ । नयाँ वरियतामा भारत ३ स्थान माथि उक्लदा  माल्दिभ्सले ५ स्थान माथी फड्को मारेको छ ।

Agni Group

दक्षिण एसियामा नेपाल भन्दा तल चार राष्ट्र रहेका छन् । नेपालपछि भुटान १८८ औं  स्थानमा रहदा बंगलादेश १९७ औं स्थानमा छ  । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान  २०१ औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शिर्ष १० स्थानसम्म फेरवदल भएको छैन । शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल , पोर्चुगल, अर्जे्न्टिना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छैटौंबाट दशौंसम्म रहेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC