site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश प्रमुख को कस्ता ? विगत कस्तो ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले बुधबार प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख समेत तोकेको छ । रक्षामन्त्री भिमसेनदास प्रधानका अनुसार प्रदेश १ मा डा. गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा  उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाएको छ ।

डा. गोविन्द सुब्बा 
कांग्रेसका पुराना नेता हुन् । कम्युनिष्ट पृष्ठभूमिका सुब्बा पछि मात्रै कांग्रेस प्रवेश गरेका थिए । प्राध्यापकसमेत रहेका सुब्बा धनकुटाका स्थायी बासिन्दा हुन् । उनले सुरुमा अखिलको राजनीति गरेका थिए भने जनमत संग्रहताका उनी कांग्रेस प्रवेश गरेका थिए ।

Agni Group

रत्नेश्वर लाल कायस्थ
रत्नेश्वरलाल कायस्थ पूर्वसचिव हुन् । कायस्थ राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत हुन् ।
कायस्थ संघीय समाजवादी फोरम नेपालसँग आवद्ध छन् । 
 

अनुराधा कोइराला 
अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । भारतमा बेचिएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनस्र्थापनामा उनको संस्था कृयाशील छ । कोइरालाले सन् २०१० मा सिएनएन हिरोको उपाधि पनि पाएकी थिइन् । 
अनुराधाको जन्म १४ अप्रिल १९४९३ मा ओखलढुङ्गाको रुम्जाटारमा भएको थियो । बाबु कर्णेल प्रताप सिँह गुरुङ र आमा लक्ष्मी गुरुङकी काँइली छोरी अनुराधाले १० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी थिइन् । उनले भारतकै कोलकाताबाट बीए पास गरेकी छिन् । उनी केही समय अघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । 

Global Ime bank

बाबुराम कुँवर 
बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । उनी नेपाली कांग्रेस निकटका कानुन व्यवसायीहरुको संगठन डमोक्रेटिक लयर्स एशोसियसनका पूर्वअध्यक्ष पनि हुन् । उनले लामो समयसम्म संवैधानिक विवाद सम्बन्धी मुद्दामा बहस गरेका थिए ।
फौजदारी कानुनका विषयमा जानकार कुँवरलाई तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा महान्यायाधिवक्ता नियुक्त गरिएको थियो ।

उमाकान्त झा 
उमाकान्त झा पूर्व प्रशासक हुन् । उनी २०६९ को अन्तरिम चुनावी मन्त्रीपरिषद्मा मन्त्री थिए । झाले उद्योग सचिव रहेका समयमा मुख्य सचिवमा लिलामणि पौडेल नियुक्त भएपछि आपत्ति जनाउँदै राजीनामा दिएका थिए । मधेसी दलहरुले उनलाई मुख्य सचिव बनाउन जोड दिए पनि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अस्वीकार गरेका थिए । 
भारतीय राजदूत जयन्तप्रसादले झालाई मुख्य सचिव बनाउन सरकारलाई दबाब दिएको सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । उनी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् ।


दुर्गाकेशर खनाल 
कांग्रेसका पुराना नेता हुन् । उनी पूर्व शिक्षकसमेत हुन् । 

मोहनराज मल्ल 
मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् । उनी २०३७ देखि २०४६ सालसम्म राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । २०५१ मा राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन लडेका मल्ल चार सय मतले पराजित भएका थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा ‘कु’ गरेपछि मल्ल मन्त्री बन्ने चर्चा चलेको थियो । तर उनले मन्त्री पद अस्वीकार गरेका थिए । 
कैलालीको भजनी नगरपालिका बसोबास भएका मल्ल २०७० को दोस्रो संविधानसभा निर्वाचन अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी अहिले कांग्रेसको महासमिति सदस्य रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC