site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८ हुँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श प्रदान गर्दै आईरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिको आयोजनामा ‘द नेक्स्ट अष्ट्रलियन एजुकेसन फेयर—२०१८’ हुने भएको छ । काठमाडौंस्थित होटल अन्नपूर्णमा यही माघ ६ गते हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ । नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीका अनुसार फेयरमा सहभागि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि उपस्थित हुनेछन् ।

विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने भएकाले फेयर महत्वपूर्ण हुने भण्डारी बताउँछन् । 

Agni Group

फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ न्यू इङल्याण्ड,  लगायतका कलेज तथा युनिभर्सिटीहरुको उपस्थिती रहने वताउँदै भण्डारी भन्छन्, ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८ ले विद्यार्थीहरुलाई फस्ट हेण्ड इन्फरमेसन र परामर्र्श प्रदान गर्नेछ ।’ 

फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्डमार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आई.एल.टि.एस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा छुट प्राप्त गर्ने उनले बताए ।

Global Ime bank

द नेक्सट एजुकेसन कन्सलटेन्सिका अनुसार ‘द नेक्स्ट अष्ट्रलियन एजुकेसन फेयर—२०१८, माघ ६ गते शनिवार काठमाडौंमा तथा ७ र ८ गते क्रमश बुटवल र चितवनमा पनि गरिने जानकारी दिइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC