site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आन्दोलनरत नर्ससँग वार्ता गर्न मन्त्रालयले बनायो समिति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्दोलनमा उत्रिएका नर्ससँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले वार्ता समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।

वार्ता समिति सदस्यमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा रहेका छन् । नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका नर्सहरु आठ दिनदेखि आन्दोलनरत छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

११ बुँदे माग लिएर आन्दोलनमा उत्रेका नर्सहरुले सेवा छाड्ने, कालोपट्टी बाँध्ने लगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गनुपर्ने, श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागु गर्नुुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरिनुपर्ने, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागु गनुपर्ने, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराउनुपर्ने, स्वयम्सेवकका नाममा भएको नर्सको श्रमशोषण बन्द गरिनुपर्ने, सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्याउने व्यवस्था गरिनुपर्ने लगायत छन् ।

त्यसैगरी सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोहीअनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागु गर्नुपर्ने दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरिनुपर्ने लगायतका माग छन् ।
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC