site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले माओवादीबीच सिट बाँडफाँड, कहाँ कसको उमेदवार ? (सूचीसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा ४३ जना उमेदवार उठाउने भएको छ  । जितको शतप्रतिशत सुनिश्चित भएको भन्दै ४३ उमेदवार अघि सार्ने निर्णय दुई दलको कार्यदलले बुधबार गरेको हो ।

एमालेका २९ र माओवादी केन्द्रको भागमा १४ परेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दुवै दलले जित्ने निश्चित भएका स्थानमा उमेदवार उठाउने गरी संख्या बाँडफाँड गरेको उनको भनाइ थियो । 

Agni Group

बुधबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको एमाले–माओवादी केन्द्रको कार्यदलले संख्या निर्धारण गरेको हो ।  तय गरिएको सिटमध्ये १ नम्बर प्रदेशमा एमालेले ५ जना उमेदवार उठाउने छ भने माओवादी केन्द्रले १ जना मात्रै उठाउने छ । त्यहाँको महिला पद माओवादी केन्द्रको भागमा परेको हो ।

२ नम्बर प्रदेशमा एमालेले खुलातर्फ लिएको छ भने माओवादी केन्द्रले महिला उमेदवार उठाउनेछ । त्यहाँ दुई दलले एक–एक उमेदवार मात्रै उठाउनेछन् ।

Global Ime bank

३ नम्बर प्रदेशमा ५ एमालेले लिएको छ भने माओवादी केन्द्रले एउटा खुलामा मात्रै उमेदवारी दिनेछ । ४ नम्बर प्रदेशमा एमालेले ४ र माओवादी केन्द्रले २ वटामा उमेदवारी दिनेछ  । जसमध्ये अपांगता एमाले, दलित र महिला सदस्य माओवादी केन्द्रको भागमा परेको छ । 

प्रदेश ५ मा ४ एमालेले र २ माओवादी केन्द्रले उमेदवारी दिने भएको छ । जसमा अपांगता भएको सिटमा माओवादी केन्द्रले उठाउनेछ । त्यस्तै एमालेले दलिततर्फ उमेदवारी दिनेछ । त्यस्तै २ वटा खुलामा एमालेले उमेदवारी दिने छ भने माओवादी केन्द्रले महिला सदस्य उठाउनेछ । प्रदेश ६ मा एमालेले ५ र माओवादी केन्द्रले ३ सदस्यमा उमेदवारी दिने तय भएको पाण्डेले जानकारी दिए ।

७ नम्बर प्रदेशमा एमालेले ४ र माओवादी केन्द्रले २ पद बाँडफाँड गरेका छन् । २ नम्बर प्रदेशमा मधेशवादी दलहरूसँग पनि छलफल भइरहेको पाण्डेको भनाइ छ । 
यस्तै अन्य वाम घटकसँगसमेत साझा उमेदवार तय गर्ने विषयमा कुराकानी भएको पाण्डेको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC