site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
के हुन्छ प्रदेश प्रमुखको काम ? प्रदेश प्रमुखको योग्यता ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले बुधबार ७ वटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको छ ।

रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा अस्थायी मुकाम तोकिएको हो ।

यसअघि ५ नम्बर प्रदेशको राजधानी दाङ तोक्ने तयारी गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी प्रदेश प्रमुखमा १ मा डा। गोविन्द सुब्वा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर,  ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकिएको छ ।

संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था गरिएको छ ।

Global Ime bank

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्ने व्यवस्था छ ।

प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

“राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ,” संविधानको धारा १६३ को उपधारा (३) मा भनिएको छ ।

एउटै व्यक्ति एकपटक भन्दा धेरै प्रदेश प्रमुख हुन नपाउने  संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुखको योग्यता के ?

संविधानमा प्रदेश प्रमुखको योग्यताका बारेमा पनि केही स्पष्ट पारिएको छ ।

संघीय संसदको सदस्य हुन योग्य भएको, पैतीँस वर्ष उमेर पूरा भएको  र कुनै कानुनले अयोग्य नभएको उल्लेख गरिएको छ ।

कस्तो अवस्थामा रिक्त हुन्छ ?
 

प्रदेश प्रमुखले राजीनामा दिएमा, पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा र मृत्यु भएमा रिक्त हुने संवैधानिक व्यवस्था छ । कुनै पनि कारणले रिक्त भएमा राष्ट्रपतिले अर्को प्रदेशको प्रमुखलाई जिम्मा दिन सक्ने संवैधानिक व्यवस्था पनि छ ।

काम के ?
 

प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्न सक्नेछ । र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।
कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सकिने संवैधानिक  व्यवस्था रहेको छ ।

विगत कस्तो छ प्रदेश प्रमुखको ?

प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्द सुब्बा प्राध्यापक हुन् । उनी पहिले कम्युनिष्ट विचारधाराका भए पनि पछि मात्रै कांग्रेस प्रवेश गरेका थिए ।
२ का रत्नेश्वरलाल कायस्थ पूर्वसचिव हुन् । ३ की अनुराधा कोइराला समाजसेवी हुन् भने उनी मंसिरमा कांग्रेस प्रवेश गरेकी थिइन् ।
४ का बाबुराम कुँवर कानुन व्यवसायी हुन् । ५ का उमाकान्त झा पूर्वसचिव र महन्थ ठाकुरका सम्धीसमेत हुन् । ६ का दुर्गा खनाल कांग्रेसका पूराना नेता हुन् भने ७ का मोहनराज मल्ल पनि पहिले राप्रपाका नेता थिए भने पछि मात्रै कांग्रेसमा प्रवेश गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC