site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व नम्बर एक नाडाल अष्ट्रेलियन ओपनको तेस्रो चरणमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व नम्बर एक स्पेनिस स्टार राफायल नाडाल बर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्  ।  बुधबार भएको दोस्रो चरणको खेलमा अर्जेन्टिनाका लियोनार्दो मेयरलाई पराजित गर्दै नाडाल प्रतियोगिताको तेस्रो चरणमा पुगेका हुन् ।

मेलबर्नपार्क स्थित रोड लाभेर एरिनामा भएको खेलमा नाडालले ५२ औं बरियताका मेयरलाई ६ – ३ , ६ – ४,  ७ – ६ (६ – ४) ले पराजित गरे । १६ पटकको ग्राण्डस्लाम बिजेता नाडालले मेयरलाई हराउन अन्तिम सेटमा भने संघर्ष गर्नु परेको थियो । तर, अनुभवी नाडालले मेयरलाई पराजित गर्दै तेस्रो चरणमा स्थान पक्का गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

जितपछि एक पटकको अष्ट्रेलियन ओपन बिजेता नाडालले यो जित आफ्नो लागि महत्वपूर्ण रहेको बताए । क्ले कोर्टको राजा मानिने नाडालले २००९ मा अष्ट्रेलियन ओपन जितेका थिए । ३१ बर्षिय नाडालले भने, “यो मेरो लागि महत्वपूर्ण जित हो । यो प्रतियोगिता मेरो मन पर्ने प्रतियोगिता हो । तेस्रो चरणमा पुग्न पाउदा खुशी छु । यो जितलाई लामो समयसम्म कायम गर्न चाहन्छु ।”

पुरुषतर्फ नै इंग्ल्यान्डका केली एडमण्डले तेस्रो चरणमा स्थान पक्का गरेका छन् ।  एडमण्डले दोस्रो चरणमा उज्वेकिस्तानका डेनिस स्टोमिनलाई ६ – २, ६ – २ र ६ – ४ ले पराजित गरे । तेस्रो चरणमा उनले जर्जियाका निकोलोजसँग खेल्ने छन् । यस्तै फ्रान्सका जो विलफ्रेड सोङगाले डेनमार्कका डेनिस शापोभालोभलाई पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरेका छन्  ।

Global Ime bank

महिलातर्फ दोस्रो बरियताकी कारोलिन वोज्नियाकी, सातौ बरियताकी जेलिना ओस्टापेनको र मार्टा कोस्ट्युकले तेस्रो चरणमा स्थान पक्का गरेकी छिन् । तेस्रो चरणमा प्रवेश गरेसँगै युक्रेनकी कोस्ट्युक ग्राण्डस्लाम टेनिसको तेस्रो चरणमा पुग्ने सबैभन्दा कम उमेरकी महिला खेलाडीको किर्तिमान समेत बनाएकी छिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC