site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रिकेट कार्निभलको तयारी पूरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको क्रिकेट कार्निभलको सम्पूर्ण तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी कार्निभलको सम्पूर्ण तयारी पुरा भएको बताएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने क्रिकेट कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार र व्यवसायीवीच प्रदर्शनी खेल समेत हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै क्रिकेट सम्मान, ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री विक्री, क्रिकेट सम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सेमिनार, सांगीतिक कन्सर्टलगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् ।

देशभरीबाट अहिलेसम्म ३ सय जनाभन्दा बढिले ट्यालेन्ट हण्टको लागि नामवली दर्ता गराएका छन् । ट्यालेन्ट हण्टमा करिब ५ सय जना खेलाडीको सहभागिता हुने एकेडेमीले जनाएको छ । 

Global Ime bank

ट्यालेन्ट हण्टबाट उत्कृष्ट १० जना खेलाडीलाई छनोट गरी एक वर्षका लागि निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगितामा सामेल गराउने उद्देश्य रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्निभलमा ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउने एक जना ब्यक्तिलाई यस बर्ष देखि “मदन भण्डारी क्रिकेट अवार्ड” ले सम्मान गर्दैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC