site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘भगवान भरोसा’ मा नेपाली चलचित्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक वर्षअगाडि एउटा रेडियो टक शोबाट निस्किएपछि नायिका केकी अधिकारीले सोधिन्, “प्रिमिएरमा जानुभयो ? कस्तो लाग्यो फिल्म ?”
“राम्रो छ ।”

“यो फिल्म त चल्छ होला है ?,” उनको अपेक्षा मिश्रित प्रश्न थियो ।  उनले चलचित्र ‘लभसाशा’ दर्शकले मन पराउने अपेक्षा गरेकी थिइन् । 
चलचित्रले समीक्षकको गाली खाएन । केकीले अभिनयको तारिफ बटुलिन् । पछि उनले त्यही चलचित्रबाट वर्षकै उत्कृष्ट नायिकाको अवार्ड पनि हात पारिन् । 
तर, ! चलचित्रले दुई दिन पनि दर्शकको साथ पाएन । चलचित्र हलबाट उत्रियो । 

निर्माता माधव वाग्लेले ‘लभशासा’को ग्रस ‘कलेक्सन’ ७ लाखमात्रै रहेको सञ्चारकर्मीलाई बताए । समाचार सार्वजनिक भएपछि निर्देशक प्रचण्डमान श्रेष्ठसँग उनको सम्बन्ध नै चिसियो । श्रेष्ठको असन्तुष्टि थियो, व्यापार जस्तो भए पनि किन सार्वजनिक गरेको ?
आफूलाई खुला पुस्तक भन्ने निर्माता वाग्लेले ‘कुरा किन लुकाउनु छ र चलचित्र राम्रो हुँदाहुँदै पनि व्यापार गरेन भन्दै  चलचित्रको वास्तविक ‘कलेक्सन’ सार्वजनिक गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

हिट हिरोइन्, अभिनयको तारिफ । तर, फिल्म फ्लप । अक्सर केकीका चलचित्रले बक्स अफिसमा कमाल गर्दैनन् । त्यसैले उनका बारे टिप्पणी हुन्छ, ‘फ्लप फिल्मकी हिट हिरोइन’ । 
केकीलाई सबैले अब्बल अभिनेत्री भन्छन् । निर्माता निर्देशकको रोजाइमा पर्छिन् । उनको हातमा सधैं चलचित्र हुन्छन् । तर, बक्स अफिसमा इतिहास उही ।  
त्यसैले आजकाल उनी भन्छिन्, “मलाई बक्स अफिसमा मेरो चलचित्र कस्तो भयो भन्दा पनि मैले दर्शकलाई निराश पार्नु हुँदैन भन्ने लाग्छ । मेरो चलचित्रलाई मैले रिसर्च गरेर काम गर्ने हो तर स्क्रिप्ट नै चेन्ज गर्नलाई त म निर्देशक होइन ।”

सकारात्मक समीक्षा, अब्बल अभिनय, दर्शकको प्रशंसा तर फिल्म फ्लप ।

Global Ime bank

त्यसो भए कस्ता चलचित्र चल्छन् त ?

यो प्रश्नको ठ्याक्कै जवाफ कोहीसँग छैन । 

सफल चलचित्र ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ निर्देशन गरेका रामबाबु गुरुङलाई ‘पुरानो डुङ्गा’ मा अब्बल कथालाई फितलो रुपमा प्रस्तुत गरेको आरोप लाग्यो । 
तिनै गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’ अहिले अल नेपाल रिलिजमा छ । उनी कस्तो चलचित्र चल्छ भन्न नसकिने बताउँछन् । “यहाँ मात्रै होइन, विश्वभर नै यस्तै चलचित्र चल्छ भन्ने कसैले भन्न सक्तैन,” उनी भन्छन्, “त्यो नेपालमा पनि लागु हुन्छ ।”

गीतसंगीतको यात्रा हुँदै चलचित्रमा प्रवेश गरेका अर्जुनकुमारको विचार पनि गुरुङकोसँग हुबहु मिल्छ । “यस्तै चलचित्र चल्छ भन्नेमा कोही पनि भ्रममा नबसे हुन्छ । कस्तो चलचित्र चल्छ भनेर कसैले पनि पूर्वानुमान लगाउन सक्तैन । हिन्दी, अंग्रेजी विश्वमै यस्तै छ । यति कमायो उति कमायो भनेर भन्छन् । तर, त्यो सत्य होइन,” ‘चपली आइट’ का निर्माता अर्जुनकुमार भन्छन् । उनी हलिउड र बलिउडमा बर्सेनी हजारौं चलचित्र प्रदर्शनमा आए पनि बक्सअफिसमा हिट हुने मुस्किलले एक दर्जनमात्रै रहेको बताउँछन् । अर्जुनकुमारले निर्माण रहेको चलचित्र ‘फाटेको जुत्ता’ केही महिना अगाडि मात्रै रिलिज भएको थियो । 

डेब्यू निर्देशनमै सफल चलचित्र जात्रा दिएका निर्देशक प्रदीप भट्टराईसँग पनि यस्तै चलचित्र चल्छ भन्ने ठोस जवाफ छैन । “दर्शकलाई दुई घण्टा हलमा ‘इन्गेज’ गर्ने चलचित्र नै चल्छ । अहिले हसाउने चलचित्र चल्छ कि जस्तो लाग्छ,” उनी भन्छन् । 

भट्टराई निर्देशित चलचित्र ‘शत्रुगते’ आगामी चैत ९ गते प्रदर्शनको तयारीमा छ । 

अर्का निर्देशक तथा लेखक विकास आचार्य भने हसाउने र सेन्टिमेन्टल दुवै एउटै चलचित्रमा समेटिएका चलचित्र चल्ने बताउँछन् । “अहिले हेर्दा सेन्टिमेन्टल र कमेडी दुवै समेटिएका चलचित्रलाई दर्शकले मन पराउनु भएको छ,” आचार्य भन्छन् । ‘नाईं नभन्नु ल’ र यसका सिक्वेल बनाउने निर्देशक तथा निर्माता हुन् उनी ।   

चलचित्र चलाउन दर्शकलाई कथा र प्रस्तुतिमार्फत् रुवाउन सक्नुपर्छ भन्ने मान्यता राख्छन्, निर्देशक तथा कलाकार तुलसी घिमिरे । “चलचित्रले दर्शकको आँखाबाट आँसु झार्न सक्नुपर्छ । यस्तै चलचित्र सफल हुन्छन्,” घिमिरे भन्छन् । ‘दक्षिणा’, ‘लाहुरे’, ‘दर्पण छायाँ’ जस्ता सफल चलचित्र दिएका उनले अघिल्लो वर्ष आफ्नै कथामा आफैले निर्देशन गरेको चलचित्र ‘दर्पण छायाँ–२’ ले भने दर्शकको साथ पाउन सकेन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC