site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डोनाल्ड ट्रम्प भन्छन्, गलत पुष्टि गर्ने प्रयास भयो 
Sarbottam CementSarbottam Cement

वासिङ्टन, संयुक्त राज्य अमेरिका (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताएका छन् ।

केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । तर उनले आफूमाथि लगाइएको आरोप गलत रहेको दावी गर्दै त्यसको खण्डन गर्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति ट्रम्पले भने, “उमेरका गैरकानूनी आप्रवासीलाई रोक्न र योग्य जनशक्ति भित्रमउनका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा ममाथि लगाइएको गलत आरोपले समस्या उत्पन्न भएको छ ।” मेरो मनसाय कसैलाई आक्षेप लगाउनु नभै बालबालिका तथा किशोरलाई शरणार्थीका रूपमा प्रवेश गराइनु गलत हुने र देशमा योग्य जनशक्ति भित्राउन फरक समाधान खोज्नुपर्ने हो, ट्रम्पले भने ।

आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले “आपत्तिजनक र जातिवादी“ टिप्पणी गरेको भन्ने डेमोक्र्या्टिक सिनेटर डिक डर्बिनले गरेको दावीबारे ट्रम्पले पछिल्लो जवाफ दिने क्रममा पछिल्लो भनाई आएको हो ।

Global Ime bank

मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोग (युएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी गत शुक्रबार आलोचना गरेको थियो । 

वासिङ्टन पोस्ट पत्रिकाकामा ट्रम्पले गत बिहीवार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेरपछि रिपब्लिकन र डेमोक्र्या्टिक सांसदहरू फर्केपछि उक्त विवाद शुरू भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC