site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
दीपक मनाङेलाई ५ वर्ष जेल, प्रदेश सभा सदस्य पद के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङेका नामले परिचित राजीव गुरुङलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीश द्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलवार तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको जनकारी सहन्यायाधीवक्ता रमा पराजुलीले दिएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित गरिएको छ ।

हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब काराबास बस्नुपर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विसं २०६१ सालमा चक्रे मिलन लगायतसमूहलाई दीपक मनाङे समूहले खुकुरी प्रहार गरेको थियो । मनाङे समूहको आक्रमणबाट चक्रे मिलनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात चुडिएको थियो । उपचारपछि उनको हात जोडिएको थियो । उक्त घटनाको उजुरी दर्ता भएपछि प्रहरीले मनाङेलगायत विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।

दीपकसहित उक्त समूहका रेवत कार्की, उमेश सुनुवार, गणेश लामा र उमेश लामालगायत १२ जना जोडिएको उक्त मुद्दामा जिल्ला अदालतले कर्तव्य ज्यान नभई कुटपिट ठहर गरी केहीलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल कार्यालयले २०६९ सालमा पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको थियो । पुनरावेदन अदालतले सरकारी दाबीअनुसार ज्यान मार्ने उद्योग गरेको ठहरसहित मनाङेलाई ५ वर्षको जेल सजाय सुनायो भने अन्य चार जनालाई सफाइ दियो । अरु ४ जनालाई पनि कारवाहीको माग गर्दै उक्त मुद्दा सर्वोच्चमा आइपुग्यो । सर्वोच्चले मंगलबार मनाङेको हकमा केही बोलेको छैन तर उनीसहित मुद्दामा ४ जनाले सफाइ पाउने पुनरावेदन अदालतको फैसला सदर गरेकाले मनाङेमाथि कैद सजायसमेत सदर भएको आजको कान्तिपुर दैनिकको समाचारमा उल्लेख छ ।

Global Ime bank

कान्तिपुरले यो समाचार दुई कोलममा प्रकाशित गरेको छ भने नागरिक दैनिकले पनि यो समाचारलाई मुख्य समाचार बनाएको छ । रविन सायमिको कार्टुनसहितको समाचार नागरिकमा प्रकाशित गरिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले यो समाचारलाई एक कोलममा प्रकाशित गरेको छ भने नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा सानो समाचार प्रकाशित गरेको छ ।

सर्वोच्च अदालतद्वारा मनाङेलाई पाँच वर्ष कैद फैसला भन्ने शीर्षकमा नयाँ पत्रिकामा समाचार प्रकाशित गरिएको छ ।

फौजदारी कसुरमा मनाङे दोषी, अब सांसद पद के हुन्छ ? भन्ने शीर्षकमा गोरखापत्र दैनिकमा नारायण काफ्लेले यो समाचार लेखेका छन् ।

समाचारमा लेखिएको छ – निर्वाचनमा उमेदवार मनोनयनपछि उजुरी परेको हकमा मनाङेको विषय निर्वाचन अधिकृतको क्षेत्राधिकारमा पथ्र्यो । अब विषय अदालतमा सीमित भएको छ ।

निर्वाचित भई प्रमाणपत्र बुझिसकेको अवस्थामा उमेदवारको योग्यता वा अयोग्यताको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासको क्षेत्राधिकारमा पर्छ । तर, अदालतको फैसला अन्तिम भई बसेको अवस्थामा तत्काल फैसला कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।

फैसला कार्यान्वयन भएसँगै मनाङेको प्रदेश सभा सदस्य पद स्वतः जानेछ । आजको राजधानी दैनिकले भने यो समाचारलाई प्राथमिकतामा राखेको देखिँदैन ।

 

अन्य समाचार

आजको कान्तिपुर दैनिकले वीरगन्ज महानगरपालिकामा नयाँ सीमा स्तम्भ राख्ने क्रममा ५० बिघा नेपाली भूभाग भारतमा परेको समाचारलाई विशेष प्राथमिकताका साथ प्रकाशित गरेको छ । वीरगन्जबाट भुषण यादवले लेखेको समाचारमा वर्षौंदेखि नेपालीले भोगचलन गर्दै आएको जग्गामा एक्कासि सीमा स्तम्भ गाडिएपछि स्थानीय बासिन्दा आश्चर्यमा परेका छन् ।

यो समाचारलाई आजको अन्नपूर्ण पोष्टले पनि प्रकाशित गरेको छ । क्रान्ति साहले वीरगन्जबाट लेखेको समाचारमा भने करिब ३० विघा जग्गा भारतमा मिसिन गएको उल्लेख गरिएको छ ।

गोरखापत्र दैनिकले राष्ट्रिय सभा निर्वाचनमा दुई रङमा चार प्रकारका मतपत्र शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

गोरखापत्रले अछामको वैद्यनाथ धाममा आयोजित माघी मेलामा न्याउले नाच नाच्दै गरेको तस्बिरलाई विशेष प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले नेपाली कांग्रेसमा कोइरालाहरू शशांक, शेखर  र सुजाताबीच भएको बैठक र अर्को वर्षदेखि नेपालको बिजुली बचतमा भन्ने दुई छुट्टाछुट्टै समाचारलाई महत्त्व दिएको छ ।

समाचारअनुसार आगामी वर्षदेखि नेपालमा वर्षाको समयमा विद्युत् बचत हुने भएको छ ।

अन्नपूर्ण पोस्टले नर्सहरुले काठमाडौंमा गरेको आन्दोलनलाई विशेष प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

राजधानी दैनिकले प्रदेश प्रमुख र राजधानी सकस ओलीलाई कुर्दै देउवा शीर्षकमा समाचार प्रकाशित गरेको छ । महेश्वर गौतमले लेखेको समाचारअनुसार हरेक दिनजसो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बताउँदै आएको सरकार अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुर्ने निष्कर्षमा पुगेको छ ।

आजको नागरिक दैनिकले सर्वोच्च अदालतका न्यायाधीशलाई ५० प्रतिशत प्रोत्साहन भत्ता, कार्यशैली भने उस्तै शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

 

सम्पादकीय

‘पुनर्निर्माणको पर्व’ शीर्षकमा सम्पादकीय लेख्दै नागरिक दैनिकले भूकम्प सुरक्षा दिवसलाई पुनर्निर्माण पर्वका रूपमा सम्झना गर्नुपर्ने धारणा अघि सारेको छ ।

‘अति भो सरकार’ राजधानी दैनिकले सम्पादकीय लेख्दै भनेको छ– नहुनुपर्ने बिलम्ब भयो, अब तत्काल प्रदेश प्रमुख सिफारिस गरी अस्थायी मुकाम तोक्नुपर्छ । प्रदेश सभाले राजधानी तोक्ने हो । सरकारले तत्काललाई बैठकस्थल तोके पुग्ने अवस्था छ । कम्तीमा उच्च अदालत रहेकै स्थानमा तोकेर तत्काल गाँठो फुकाउन अब विलम्ब नगरौँ ।’

‘कांग्रेसका कार्यसूची’ शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ – बैठक पार्टीभित्र उठेका असन्तुष्टि मत्थर गर्ने ध्येयमा मात्रै सीमित हुनु हुँदैन, सार्थक र उपलब्धिमूलक हुन सक्नुपर्छ ।’

‘जुम्लामा अस्पताल’ शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । जुम्ला अस्पताल एकहदसम्म स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने प्रयास हो र यस अर्थमा यो निकै प्रशंसा गर्नलायक उपलब्धि पनि भएको सम्पादकीयमा उल्लेख गरिएको छ ।

स्थानीय तहको प्रभावकारिता शीर्षकमा गोरखापत्र दैनिकले सम्पादकीय लेख्दै स्थानीय तहलाई सहजीकरण गर्न छुट्टै निकाय आवश्यक रहेको उल्लेख गरेको छ ।

‘सीटीईभीटीमा पारिवारिक जालो’ शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा विगतका नियुक्ति प्रक्रियामा भएको मनपरीलाई सम्बन्धित निकायले अविलम्ब छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC