काठमाडौं । न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा केटिएम मोबाइल संचालनमा आएको छ ।
यस शोरुमको समुद्घाटन सोमबार मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरेका हुन् ।
मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए ।
केटिएम मोबाइल शोरुममा कुनैपनि मोबाइल खरिद गर्दा कम्पनीले प्रदान गर्ने वारेन्टि र सुविधाहरु सिधै उपलब्ध गराईएको छ भने ग्राहकहरुलाई कुनैपनि मोबाइल
खरिदमा हात खाली नजानेगरि उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ । कुनैपनि मोबाइल मर्मत सेवा÷रिपेयरिङ्गमा समेत १० प्रतिशतसम्मको छुट उपलब्ध गराईएको छ ।