देश
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको आक्रमणबाट आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्युहुनेमा कोशी गाउँपालिका–४ का मोहम्मद मजेबुलका नौ वर्षीया छोरी सेहेजादी खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आरक्षमा संरक्षित अर्नाको आक्रमणमा परी गम्भीर घाइते भएकी खातुनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो । अर्नाको आक्रमणबाट १६ वर्षीय जावेद आलम घाइते भएका छन् । रासस
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४ ०२:१९
प्रतिक्रिया दिनुहोस्