site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कान्तिपुरले ‘ब्ल्याकमेलिङ्’ गरेको सुमार्गीको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले आफूविरुद्ध नियोजित रुपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै मुक्तिश्री प्रालि तथा थाहा सञ्चारका अध्यक्ष अजेयराज सुमार्गीले पत्रकार सम्मेलनमार्फत सोमवार आक्रोश व्यक्त गरेका छन् । उनले कान्तिपुरले आफूमाथि ‘ब्ल्याकमेलिङ’ गरेको आरोप लगाएका छन् ।

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया तथा सुमार्गीबीच कोटेश्वरमा कान्तिपुरको स्वामित्वमा रहेको जग्गा राजीखुसीमा कारोबार भएको तर अहिले सो जग्गा पुनः फिर्ता लिनका लागि आफूलाई कान्तिपुरले दबाब दिन सो मिडिया ग्रुपका विभिन्न सञ्चार माध्यममार्फत आफ्नो बदनामी गर्न लागिपरेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“म सिरोहियाजीलाई भन्न चाहन्छु,” सुमार्गीले पत्रकार सम्मेलनमा भने, “उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो । राज्यको प्रचलित कानुनबमोजिम नै थियो । दोस्रो कुरा, मैले तपाईँलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईँको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईँको परिस्थिति नै अप्ठ्यारो थियो । मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईँ बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो । त्यस्तो अप्ठेरो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईँले कृतघ्नताको हद नाघ्नुभएको छ । सञ्चार माध्यमलाई हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ ।”

कैलाश सिरोहियाले सञ्चारमाध्यमको दुरुपयोग गरेर आफ्नो सामाजिक प्रतिष्ठामा गम्भीर आघात पुर्याएको पनि सुमार्गीले पत्रकार सम्मेलनमा बताए ।

Global Ime bank

“नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको पदावली छ, गोल्डेन शेयर,” सुमार्गीले भने, “यो सुनौलो शेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजराना स्वरुप दिनुपर्दछ । निज सिरोहियाले मसँग शेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे । निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठानहरु अहिले तैँ चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरुमाथि पनि अपराध गर्न सक्छ ।”

सुमार्गीले तयार पारिएको प्रेस विज्ञप्ति पढुन्जेल निकै तर्कपूर्ण कुरा गरेपनि पत्रकारको प्रश्नको उत्तर दिने क्रममा भने तल्लो स्तरमा उत्रिएर सिरोहियाविरुद्ध अभिव्यक्ति दिएका थिए ।

“होटल सोल्टीमा एनआरएनको सम्मेलनका बेला सिरोहियाले मेरो हात समातेर भने, तिमीलाई मैले हाइज्याक गरेको हो त्यो पनि २ करोडमा भनेर भने,” सुमार्गीले भने, “त्यसबेला मैले ठट्टा गरेको हो भन्ने ठानेँ । उनले रक्सी खाएको सबै पैसाको बिल पनि मैले नै तिरिदिएँ । तर भोलिपल्ट मेराबारेमा समाचार आएपछि थाहा भयो त्यसबेला २ करोड मागिएको रहेछ । मैले त्यसलाई ठट्टा सम्झेको थिएँ होइन रहेछ । त्यसबेला पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल पनि सँगै हुनुहुन्थ्यो ।”


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC