site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
के हो नेपाल विद्यार्थी संघको विवाद ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत फागुन पहिलो साता नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले संगठनको केन्द्रीय अनुशासन समिति गठन गर्ने तयारी गर्यो । महामन्त्री सरोज थापाको संयोजकत्वमा उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र नवीन राई सदस्य रहेको तीन सदस्यीय केन्द्रीय अनुशासन समिति बनाउने छलफल चल्यो । 

तर फागुन ६ गते नेविसंघका अध्यक्ष नैनसिँह महरले केन्द्रीय समितिलाई ‘कन्भिन्स’ नगरेरै विधानले दिएको ‘पावर’ प्रयोग गरेर सह–महामन्त्री अम्बिका चलाउनेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरे ।

समितिमा ११ औं महाधिवेशनमा नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका दुबै समुहलाई समेट्ने गरी चन्द्रसुन्दर खेमाङ र पुनम लामालाई सदस्य बनाइयो । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष महरले ‘मनोमानी’ ढंगबाट अनुशासन समिति गठन गरेको दावी गर्दैै महामन्त्री कुन्दनराज काफ्लेले भोलिपल्टै राजेश रौनियारको संयोजकत्वमा अर्को अनुशासन समिति गठन गरे । 

सोही दिन ११ औं महाधिवेशनमा महर प्यानलबाट चुनाव लडेर आएका केन्द्रीय समितिमा रहेका नेताहरुले महामन्त्री काफ्ले नेविसंघको विधान विपरित गएको ठहर गर्दै रौनियारलाई अनुशासन समितिको संयोजक बनाउन भूमिका खेल्ने समुहमाथि कारवाही गर्न सुझाव दिए । 

Global Ime bank

सोही विषयलाई लिएर नेविसंघमा मौलाएको गुटगत राजनीति पछिल्लो समयमा एक–अर्कालाई कारवाही गर्ने तहसम्म पुगेको छ । महरले संयोजक तोकेको अनुशासन समितिले समानान्तर गतिविधि गर्दै आएको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारीलाई स्पष्टिकरण सोधेको छ भने सीटीईभीटी सानोठिमीका विद्यार्थी नेता कर्ण ओलीलाई दुई वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । 

सोही दिन अर्थात पुस १८ गते नै समानान्तर अनुशासन समितिका संयोजक राजेश रौनियारले अध्यक्ष महरलाई नै आफुमाथि लागेका विभिन्न आरोपको सफाई दिन स्पष्टिकरण सोधे । नेविसंघको विधान विपरित काम गरेको, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसकै उमेदवार हराउन लागिपरेको लगायतका आरोप लगाउँदै महरमाथि नै स्पष्टिकरण सोधिएको हो ।
 

नेविसंघमा कसरी गठन हुन्छ केन्द्रीय अनुशासन समिति ?

नेविसंघको विधानको धारा १६ ‘क’ मा ‘‘नेविसंघका सम्पूर्ण सदस्यहरुलाई अनुशासित र संगठनको हित अनुकुल क्रियाशिल गराउन तीन सदस्यीय केन्द्रीय अनुशासन समितिको गठन केन्द्रीय कार्य समितिको परामर्शमा केन्द्रीय अध्यक्षले गर्नेछ’’ भनिएको छ । 

त्यस्तै सोही धाराको ‘ख’ मा अनुशासन समितिको काम, कर्तव्य र अधिकार अन्तरगत उपधारा ‘अ’ मा ‘‘यस समितिले नेविसंघको कुनै पनि पदाधिकारी तथा सदस्यले विधान विपरित कार्य गरेको छ भनी उजुरी उपर पहिलो उजुरी सुन्ने प्रयास गर्नेछ । उजुरीका सम्बन्धमा सूचना तथा प्रतिवाद गर्न मौका दिने, छानविन तथा अनुशासन सम्बन्धि आवश्यक प्रक्रिया पूरा गरी आफ्नो रायसहित निर्णयार्थ केन्द्रीय समितिमा पेश गर्ने । न्यायिक समितिले निर्णयार्थ पेश गरेको राय सम्बन्धमा केन्द्रीय कार्य समितिले अन्तिम टुंगो लगाउने छ,’’ भनिएको छ । 

उपधारा ‘आ’ मा ‘‘समितिमा परेको उजुरीका सम्बन्धमा सामान्यतया १५ दिन भित्र निर्णय गरिसक्नु पर्नेछ । समितिका अन्य कार्यविधिका सम्बन्धमा केन्द्रीय कार्य समितिले तोके बमोजिम हुनेछ,’’ लेखिएको छ । 

काफ्ले समुहले समानान्तर समिति चलाउन खोजेको आरोप 

महामन्त्री कुन्दनराज काफ्ले समुह अध्यक्ष महरले उपाध्यक्ष चलाउनेलाई केन्द्रीय अनुशासन समिति संयोजक बनाएपछि समानान्तर गतिविधि गर्दै आएको संस्थापन पक्षले आरोप लगाएको छ । 

उक्त समुहले अध्यक्ष महर मनोमानी ढंगबाट चलेको, फरक विचार राख्ने जिम्मेवार व्यक्तिमाथि संगठनकै हितमा हुने सांगठनिक गतिविधिमाथि अंकुश लगाएको, ११ औं महाधिवेशनले दिएको म्याण्डेडअनुसार जिल्ला अधिवेशन हुन नसकेका ११ जिल्लाहरुमा तीन महिनाभित्रै अधिवेशन गर्न नसकेको, ती जिल्लाहरुमा राजनीतिक सन्तुलन गुमाएर एकलौटी ढंगबाट केन्द्रीय प्रतिनिधि पठाएको लगायतका आरोप लगाएको छ । 

‘‘महाधिवेशनमा ११ जिल्लामा तीन महिनाभित्रै अधिवेशन सम्पन्न गर्ने समझदारी बनेको थियो,’’ काफ्ले समुहमा रहेका नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज पाण्डेयले भने, ‘‘तर अध्यक्ष महरले समझदारी विपरित राजनीतिक सन्तुलन गुमाएर एकलौटी ढंगले प्रतिनिधिहरु पठाए ।’’

उनका अनुसार महाधिवेशनमा प्रतिष्पर्धा गर्ने विभिन्न क्याम्पसका अध्यक्षहरुको पद स्वतः खारेज भएर रिक्त पद पूर्तिका लागि अध्यक्ष महरले अधिवेशन गर्न कुनै चासो नै देखाएनन् । 

नेता पाण्डेयले भने, ‘‘उनको बेवास्तालाई मध्यनजर गरेर ३ नम्बर प्रदेशका संयोजक उपाध्यक्ष रामप्रसाद अधिकारीले आफ्नो भूमिका र जिम्मेवारी बोध गरेर संगठनकै हितमा काम गर्न थाले’’, उनले भने, ‘‘तर अध्यक्षले उनीमाथि नै अंकुश लगाउने काम गरे । यसले झनै विवाद चुलिएको हो ।’’ 

संगठन राजनीतिक सन्तुलनका आधारमा चल्नुपर्ने जिकिर गर्दै नेता पाण्डेयले संगठनको हितमा काम गर्न जिम्मेवार पदमा रहेका सबैलाई छुट भएको बताए । ‘‘नेतृत्वले काम नगरेपछि जिम्मेवारीमा रहेका अरु व्यक्तिले काम गर्नै नपाउने पनि हुन्छ ?’’ प्रतिप्रश्न गर्दै उनले भने, ‘‘संगठनलाई गतिशिल र सिर्जनशिल बनाउनु नेविसंघको परम्परा हो । यसमा कसैको मनोमानी मान्य हुँदैन ।’’

पुस २८ गते चलाउने संयोजक रहेको केन्द्रीय अनुशासन समितिले उपाध्यक्ष अधिकारीलाई संगठनको निर्णय विपरितका क्रियाकलापमा संलग्न रहेको भन्दै तीन दिने स्पष्टिकरण सोधेको थियो । 

अध्यक्ष महरले मनोमानी ढंगबाट संगठनलाई चलाउन खोजेका कारण आफुहरुले नेविसंघलाई समानान्तर रुपमा अगाडि बढाउनु परेको नेविसंघकी उपाध्यक्ष उर्मिला थपलियाले बताइन् । अध्यक्ष महरले पक्षपात गरेका कारण कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट विद्यार्थी नेताहरुले फरक ढंगबाट सोच्नुपरेको उनको भनाई छ । 

‘‘समान दृष्टिकोणबाट नहेरेपछि पृथक तरिकाले जो पनि चल्छ’’ उपाध्यक्ष थपलियाले भनिन्, ‘‘अध्यक्ष मह विरुद्ध हामी समानान्तर ढंगले चलिरहेका हौं ।’’ असन्तुष्ट पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेविसंघमा रहेको मनोमानी रोक्न माग गर्दै ज्ञापन पत्र बुझाए पनि सम्बोधन नभएको गुनासो समेत गरेको छ ।  

महर समूहको प्रष्टोक्ति 
 

अध्यक्ष महर समुहले महामन्त्री काफ्ले समुह सस्तो लोकप्रियताका लागि ‘समानान्तर’ गतिविधिका नाममा मिडियाबाजी गरिरहेको दाबी गरेको छ । गलत मनसाय र सस्तो लोकप्रियता भन्दा पनि सबैले विधानतः अघि बढ्नुपर्ने महर समुहमा रहेका महामन्त्री सरोज थापाले बताए । 

‘‘संगठनलाई अनुशासित बनाउने क्रममा सबैले विधि र प्रक्रिया अबलम्बन गर्नुपर्छ’’, उनले भने, ‘‘सस्तो प्रचारबाजीका लागि संगठनमा आँच पुग्ने ढंगले समानान्तर रुपमा जाने र प्रचारबाजी गर्ने परिपाटी तुरुन्त बन्द गरिनु आवश्यक छ ।’’

उनले नेविसंघमा गुटबन्दी मौलाउनुमा अध्यक्ष महर पनि दोषी रहेको जिकिर गरे ।  चलाउनेलाई केन्द्रीय अनुशासन समितिको संयोजक बनाउनु र बनाइसकेपछि सिर्जना भएको विवाद समाधान गर्न नसक्नुमा अध्यक्ष महर पनि उत्तिकै जिम्मेवार रहेको महामन्त्री थापाले दाबी गरे । 

‘‘समिति गठनका लागि सबैलाई आफ्नो एजेण्डामा कन्भिन्स गर्न नसक्नु र त्यस पछि सिर्जना भएको अवस्थालाई नियन्त्रणमा लिन नसक्नु अध्यक्षको कमजोरी हो’’, उनले भने, ‘‘अध्यक्षको हतारको निर्णयले माहोल बिग्रिएको हो ।’’

के हुन्छ अध्यक्ष महरको आगामी कदम ?

अध्यक्ष महरले समानान्तर गतिविधिमा संलग्न समुहलाई कारवाही गर्न आफ्नो समुहमा छलफल अघि बढाएका छन् । उनले आइतबार काठमाडौंको शंखमुलमा रहेको एक होटलमा उपाध्यक्षद्वय आनन्दराज त्रिपाठी, सञ्जय यादव, महामन्त्री थापा लगायतका नेताहरुसँग आन्तरिक छलफल गरेका छन् ।  

उनले काफ्ले समुहलाई नेविसंघको विधानअनुसार कारवाही गर्ने मनसायसमेत बनाएका छन् । ‘‘समानान्तर गतिविधिमा लागेकाहरुलाई विधानले दिएको अधिकार प्रयोग गरेर छानविन, स्पष्टिकरणदेखि कारवाहीसम्मको कदम चाल्छौं,’’ उनले बाह्रखरीलाई संक्षिप्त प्रतिक्रिया दिए । 

अध्यक्ष महरले माघ ३ गते प्रदेश नम्बर ३ का संयोजक समेत रहेका उपाध्यक्ष रामप्रसाद अधिकारीले आयोजना गर्ने भनिएको प्रदेश स्तरीय भेला रोक्न पनि सर्कुलर गरेको स्रोतले जनाएको छ । 

यी विषयमा सोधिएको छ अध्यक्ष महरलाई स्पष्टिकरण 
 

१) स्ववियु निर्वाचन उमेदवार छनौट संयन्त्र विधान विपरित गठन ।

२) स्ववियु निर्वाचनका बागी उमेदवारलाई कारवाहीको साटो प्रश्रय दिएको ।

३) टीयू र सीटीईभीटीमा आर्थिक प्रलोभनमा परेर मनोमानी ढंगले जिम्मेवारी तोकेको । 

४) विधानमै नभएको आमन्त्रित पद सिर्जना गरेर आफु नजिकका व्यक्तिलाई मनोनित गरेको । 

५) गृहजिल्लामा नेपाली कांग्रेसले अघि सारेका उमेदवारलाई निर्वाचनमा असहयोग गरेको ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC