site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भिसा कार्डमार्फत भुक्तानी गरे १० प्रतिशतसम्म नगद फिर्ता योजना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा  भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् । 

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारका योजना थालिएको छ । नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट/क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खाताामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागिहुन न्यूनतम रु. ५०० को कारोवार ग्राहकहरुले गर्नुपर्नेछ । 

यस योजनाबाट सेन्चुरी बंैक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि., महालक्ष्मी विकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथ विकास बैंक लि., एनसिसि बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC