site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यामाहा एफजी २५ ‘राइड आउट’ आयोजना 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि पहिलो पटक ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’ आयोजना गरेको छ । 

‘सँगै हाँकौं, सम्बन्ध झन् बलियो बनाऔं,’ नारा रहेको यो राइड काठमाडौंस्थित जेनेसिस क्याफेबाट सुरु भएर धुलिखेलसम्म पुगेको थियो ।

Agni Group

पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी२५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । साथै, उनीहरुलाई ‘पम्प’का प्रोफेसनल ट्रेनरहरुले आत्मरक्षाका उपायहरुको तालिम समेत दिएका थिए । यामाहाको ‘राइड आउट’मा राइडर समिर राना ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए ।

‘आजको राइड आउट सुरुवात मात्र हो । भविष्यमा हामी यस्ता धेरै इभेन्टको आयोजना गर्नेछौं जसले राइडरसँग हाम्रो सम्बन्धलाई बलियो र न्यानो बनाउनेछ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘यामाहा ब्रान्डप्रति तपाईंहरुले गर्नु भएको विश्वासका लागि हामी आभारी छौं । यामाहा मोटरसाइकलले तपाईंलाई उच्च कोटीको राइडिङ अनुभव दिनेछ । तर हामीले तपाईंको सुरक्षा र सुविधालाई कदापी सम्झौता गरेका छैनौं ।’

Global Ime bank

त्यसैगरी, नेपाली राष्ट्रिय क्रिकेटर तथा यामाहाका ब्रान्ड एम्बेसडर शरद भेषावकरले आफू पनि एफजी२५ को ‘प्राउड राइडर’ भएको बताए । यामाहाले दिएको अवसरप्रति एफजी२५ का राइडर खुसी व्यक्त गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC