अर्थ व्यवसाय

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं  । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३/०७४को बार्षिक प्रतिवेदन पास गरेको छ ।

साथै, साधारण सभाले बैंकको संचालक समितिले प्रस्ताब गरेको ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांश (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताव अनुमोदन गरेको छ । अब वितरण हुने बोनस सेयरपछि केन्द्रिय बैंकले तोकेअनुसार बैंकको चुक्तापुँजी ८ अर्बभन्दा बढि हुने भएको छ ।

बैंकले बार्षिक साधारणसभाको अवसरमा ५ वटा नयाँ शाखासमेत खोलेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो ।

साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ ।

बैंकले साधारण सभाको अबरसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको छ ।
 

तपाईंको मत