site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जलालाबाद । पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन् । 

विशेष सुरक्षा बलले आइतबार गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिइएको छ । सो समाचारमा जनाइएअनुसार उक्त कारबाहीमा परी अरु केही लडाकू घाइते भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नान्गाहार प्रान्तको दिह हस्कामिना र आचिन जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका १७ जना आतङ्ककारी मारिएका र अन्य दुइजना घाइते भएका समाचारमा जनाइएको छ । 

आइतबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तान (एओडिओसिनिए) द्वारा जारी विज्ञप्तिमा उक्त कुराको जानकारी दिइएको छ । 

Global Ime bank

अफगान सुरक्षा बल र नेटोआवद्ध सैनिकले आतङ्ककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन् । यस द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवान र आइएस लडाकू समूहले आक्रमण गर्दै आएको पाइन्छ । 

अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ । पछिल्लो समयमा अफगानिस्तानको संयुक्त सेनाले सो समूहकाविरुद्धमा व्यापक मात्रामा कारबाही गरिरहेको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC