site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 राष्ट्रियसभा निर्वाचनमा उमेदवारले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं  । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने उमेदवारहरूले निर्वाचनको प्रचार प्रसारको क्रममा खर्च गर्न पाउने अधिकतम सीमा तोकेको छ ।

उमेदवारले जम्मा ३ लाख ५० हजार तोक्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन लगायतमा गरी ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने भएको छ ।

यसैगरी, आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब  नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।

Global Ime bank

त्यसैगरी आयोगले मनोनयनको औपचारिक  पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना २०७४ माघ ३ गतेसम्ममा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा पठाइसक्न राजनीतिक दलहरुलाई आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC