site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्ध एयरका २० वर्ष, विश्वसनीय उडानमा ध्यान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । हरेक उडानमा मुस्कानसहितको सेवा प्रदान गर्दै आएको बुद्ध एयर विगत दुई दशकदेखि नेपाल र नेपालीलाई जोड्दै आएको छ । 
सुरक्षित, भरपर्दो र आरामदायी हवाई उडानको पर्याय बन्न सफल भएको छ बुद्ध एयर ।  बुद्ध एयर विश्वासिलो उडानको २० वर्ष सफलतापूर्वक पार गरेको छ । यसलाई यात्रुमाझ भएको विश्वासको प्रमाणको रुपमा बुद्ध एयरले लिएको छ । आन्तरिक उडानको २० वर्ष अन्य सेवा प्रदायक माझ नडगमगाइ पहिलो स्थानमा स्थापित हुनु आफैंमा गर्वको विषय भए पनि सन्तुष्ट भने नभएको बुद्ध एयरले जनाएको छ ।

कम्पनीले आगामी दिनमा अझ सशक्त र अब्बल साबित गर्न योजनाबद्ध रुपमा अघि बढ्ने तयारी थलिसकेको जनाएको छ ।  कम्पनीका कार्यकारी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आगामी दिनमा बुद्ध एयरको महत्वाकांक्षी लक्ष्यको रुपमा रहेको अन्तर्राष्ट्रिय उडानको खुलासा गरे ।

बुद्ध एयर अहिले उक्त योजनाको निर्माणकै क्रममा रहेको जनाएको छ ।  अन्तर्राष्ट्रिय उडानको महत्वाकांक्षी योजनालाई मूर्त रुप दिन सन् २०१८ को अन्त्यसम्ममा आफ्नो प्रारम्भिक तयारी सक्नेमा कम्पनी आशावादी रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय उडानको उद्देश्यलाई साकार पार्न विमान उत्पादक कम्पनी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण लगायतका अन्य निकायहरुसँग निरन्तर अन्तरक्रियामा व्यस्त रहेको छ ।

यी अन्तरक्रियाहरुबाट सकारात्मक परिणाम निस्केमा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमै सम्पन्न भएमा कम्पनीले सन् २०२१ देखि अन्तर्राष्ट्रिय उडानको थालनी गर्नेछ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको हब बनाइ भारत र चीनका विभिन्न शहरहरुमा उडान भर्नेछ ।  शुरुवातको क्रममा कम्पनीले तीन ठूला जहाजमार्फत अन्तर्राष्ट्रिय उडान थाल्ने योजना बनाएको छ । पछि यात्रुको चाप र मागलाई ध्यानमा राखी अन्य उडानहरु थप गर्नेछन् ।

Global Ime bank

प्रादेशिक संरचनामा देश गइसकेको अवस्थामा बुद्धले अन्तर्राष्ट्रिय उडान बाहेक आन्तरिक उडानमा समेत निरन्तर वृद्धि गर्ने योजना बनाएको छ । 

यसको सुरुवातको रुपमा जनकपुरमा ७२ सिट क्षमताका एटिआरले उडान सुरु गरिसकेको छ । राजविराज विमानस्थलको धावनमार्गको स्तरोन्नती सम्पन्न हुने बित्तिकै राजविराजमा पनि उडान सुचारु गर्ने तयारी गरेको छ ।    

बुद्धले यसअघिनै पोखराबाट भैरहवा र भरतपुरमा उडान सञ्चालन गरिसकेको छ । आगामी नयाँ वर्षदेखि पोखरबाट नेपालगञ्जको पनि उडान भर्नेछ । नेपालगञ्जको उडानबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न र सीमापारी मानसरोवर आउजाऊ गर्न पनि सजिलो हुनेछ । समग्रमा नेपालगञ्ज तथा पोखराको पर्यटन क्षेत्रलाई टेवा पुग्ने उसको विश्वास रहेको छ ।

सुर्खेतको उडान विगत केही महिनादेखि थाती रहेको छ । अब प्रदेश ६ को राजधानी बन्ने तरखरमा सुर्खेत रहेको छ । नयाँ प्रादेशिक संरचनामा यसको विकास र विस्तारमा भरपर्दो यातायातको माध्यम आवश्यक पर्नेछ जसको माग बुद्धले पुरा गर्ने अपेक्षा लिएको छ ।

गएको आवमा झण्डै १० लाख विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । आगामी दिनमा यो संख्या निकै पूर्वानुमान रहेको छ । १० लाखको आधाउधीले पोखरा भ्रमण गरेकै हुन्छ । 

अवको दश वर्षमा वार्षिक २५ लाख पर्यटक पोखरा आउने बुद्ध एयरको एक अध्ययनले देखाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC