site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इंल्याण्डद्वारा अष्ट्रेलिया ५ विकेटले पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । ५ खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली इंग्ल्याण्डले जित हात पारेको छ । इंग्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

३०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभर सकिन ७ बलअघि नै ५ विकेटको क्षतिमा भेटायो । इंग्ल्याण्डका लागि जासन रोय र जोई रुटले उत्कृष्ट प्रदर्शन गरे । जासन रोयले शतकीय पारी खेल्दै १८० रन बनाए । उनले १५१ बलमा १६ चौका र ५ छक्का प्रहार गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, रुटले नटआउट ९१ रन बनाएपछि इंग्ल्याण्डले शानदार जित हात पारेको हो । उनले ११० बलमा ५ चौका प्रहार गर्दै ९१ रन बनाएका हुन् । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र पट कुम्मिन्सले समान २–२ विकेट लिए पनि इंग्ल्याण्डका ब्याट्सम्यानलाई रोक्न भने सकेनन् ।

यसअघि मेलबोर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । १० रन हुँदा ओपनर्स डेविड वार्नरलाई गुमाएको अष्ट्रेलिया सम्हालिँदै खेलेको थियो । अष्ट्रेलियाका लागि ओपनर्स आरोन फिन्चले शतक प्रहार गर्दै टिमलाई उकासेका थिए । उनले ११९ बलमा १० चौका र ३ छक्काको मद्दतमा १०७ रन बनाए ।

Global Ime bank

अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले ६० र मिचेल मार्सले ५० रनको योगदान दिए । टिम पाइनले २७ र कप्तान स्टेभन स्मिथले २३ रन बनाए । यता इंग्ल्याण्डका लागि लिम प्लुंकेटले ३ र आदिल रशिदले २ विकेट लिए । ५ खेलको एक दिवसीय क्रिकेट सिरिजमा इंग्ल्याण्डले १–० ले लिड गरेको छ । दोस्रो एक दिवसीय खेल १९ जनवरीमा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC