संयुक्त कार्यदलको बैठक जारी, राष्ट्रियसभा गठनबारे छलफल

संयुक्त कार्यदलको बैठक जारी, राष्ट्रियसभा गठनबारे छलफल

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक  सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनको मिति घोषणा भइसकेकाले राष्ट्रियसभा गठनको बारेमा छलफल भइरहेको एमाले नेता एवं कार्यदलका सदस्य सुवास नेम्वाङले बाह्रखरीलाई जानकारी दिए । 

नेता नेम्वाङले राष्ट्रियसभा सदस्यको लागि कार्यदलले सिफारिस नगर्ने पनि बताए । उनले कार्यदलले नेतृत्व लागि सुझाव मात्र दिने जानकारी दिए । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृका यादव छन् ।

प्रतिकृया दिनुहोस