site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अस्पताल वरपर गर्मीमा भन्दा जाडोमा फस्टाउँदै व्यापार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विगत १ महिनादेखि देशभर बढेको चिसोले सबैलाई सताएको छ । तर यहि चिसोका कारण जाडो यामको व्यापार व्यवसायमा भने सुधार आएको खुद्रा व्यापार गर्ने व्यवसायी बताउँछन् ।

विशेष गरेर उपत्यकाभित्रका अस्पताल वरपर व्यापार व्यवसाय गर्नेहरुले चिसोका कारण व्यापार व्यवसायमा सुधार आएको बताउँछन् ।

Agni Group

अन्य मौसमको तुलनामा जाडोको समयमा कम्तिमा पनि १० प्रतिशत बढी व्यापार भएको पाटन अस्पताल नजिकैका एक व्यापारी बाबुलाल जैसवालले बताए । उनले विगत १० वर्षदेखि पाटन अस्पतालको छेउमा व्यापार गर्दै आएको अनुभव सुनाए । उनका अनुसार व्यापार गर्मीमा भन्दा जाडो याममा नै बढी हुने गरेको छ ।

उनले बच्चा, सुत्केरी वृद्धाहरुलाई जाडोमा चाहिने सम्पूर्ण लुगाहरुका साथै खानेकुराहरु पनि जाडोको समयमा बढी बिक्री हुने गरेको बताए । बाबुलाल जस्तै अर्का व्यापारी रञ्जिता मगरको अनुभव पनि उस्तै छ । शिक्षण अस्पताल नजिकै व्यापार गर्ने मगरले पनि गर्मीमा भन्दा जाडो समयमा बढी व्यापार हुने गरेको बताउँछन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC