ad

अर्थ व्यवसाय

नेपालगञ्जबाट पोखरा सिधा उडान भर्दै बुध्द एयर

नेपालगञ्जबाट पोखरा सिधा उडान भर्दै बुध्द एयर


काठमाडौं । बुध्द एयरले आउँदो वैशाख १ देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने भएको छ ।

साधारणतया स्थलमार्गबाट पोखरा नेपालगञ्जको यात्रा १० देखी १२ घण्टासम्मको हुने गरेको छ । यस उडानबाट सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने बुध्द एयरले जनाएको छ । साथै बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण/अवलोकन तथा मानसरोवर आउजाऊको लागि पनि मार्ग प्रशस्त हुने तथा पर्यटन प्रर्वद्धनमा पनि टेवा बुध्द एयरको विश्वास छ ।

अहिले बुध्द एयरले पोखराबाट पश्चिमी हिमालको दृश्यावलोकन, भैरहवा र भरतपुरको दैनिक उडान गरिरहेको छ । पोखराबाट भैरहवा र भरतपुरको उडान गएको सेप्टेम्बर महिनामा शुरु भएको थियो । बुध्द एयरले देशभित्र १३ गन्तव्य तथा भारतको वाराणसीमा पनि उडान भरिरहेको छ ।  
 


 

तपाईंको मत