site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कर्णाली विकास आयोगले तयार गरेको दसवर्षे विकास योजना अलपत्र परेको समाचारले नेपालले अझै अपनाइरहेको केन्द्रीय योजना पद्धति गलत भएको पुष्टि गरेको छ । नेपाल सरकारले गठन गरेको कर्णाली विकास आयोगले दसवर्षे विकास योजना तयार पारेको हो । कर्णाली विकास परिषद्को बैठकले योजना स्वीकृत गर्नुपर्ने र प्रधानमन्त्रीले परिषद्को बैठक बोलाउनुपर्ने हुनाले विकास योजना तयार भएर पनि अलपत्र परेको देखिन्छ । कर्णाली विकास योजनामा सडक, पर्यटन, जलविद्युत् र कृषि विकास विकासका योजना समावेश गरिएका छन् । भौतिक पूर्वाधारलाई नै विकासको आधार मानेर योजना बनाइएको देखिन्छ । आर्थिकमात्र हैन सामाजिक विकासका सूचकहरूमा पनि पछि परेको कर्णाली क्षेत्रका लागि तयार गरेको कर्णाली विकास योजनामा भने मानवीय विकासमा भने ध्यान दिएको देखिएन । 

कर्णाली विकास योजना कार्यान्वयन नहुनुमा सतहमा देखिएको कारण प्रधानमन्त्रीहरूले समय नदिनु देखिन्छ तर परिषद्को बैठक बसेर पारित भएकै भए पनि योजना कार्यान्वयन हुने सम्भावना बिरलै थियो । केन्द्रीय योजनाहरूको अवस्थाले पनि केन्द्रमा तयार गरिएका विकास योजना एकातिर कार्यान्वयका क्रममै अलमयाइन्छन् भने अर्कातिर तिनले स्थानीय जनताको आर्थिक सामाजिक उन्नति पनि हुँदैन । यस्ता आयोजनाबाट जनताको जीवनस्तरमा सुधार हुने त कपना पनि नगरे हुन्छ । मुलुकमा संघीय शासन प्रणाली सुरु भइसकेको छ । यसैले अब केन्द्रीय निकायहरूले विकास योजना बनाउने र स्थानीय जनतामाथि थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । यस्ता योजनाहरू स्थानीय सरकारको अग्रसरतामा प्रदेश सरकारले समन्वय गरेर कार्यान्वयन गर्ने अभ्यास हुनुपर्छ । 

अधिकार सम्पन्न तथा क्रियाशील स्थानीय सरकार लोकतन्त्रका आधारभूत मान्यता नै हो । लोकतन्त्रमा व्यक्ति सार्वभौम हुन्छ र शासनमा सहभागी पनि हुन्छ । शासनमा जति धेरै नागरिक प्रत्यक्ष संलग्न हुन्छन् लोकतन्त्र उत्तिकै व्यापक र सुदृढ मानिन्छ । स्थानीय सरकारललाई अधिकार सम्पन्न बनाउनुको कारण पनि लोकतन्त्रलाई जनसाधारणको पहुँचमा पु¥याउनकै लागि हो । यसैले अब कर्मचारी, जनप्रतिनिधि र विकासे कार्यकर्तामात्र हैन योजनाविद् र विशेषज्ञ भनाउनेहरूले पनि संघीय संरचनालाई अक्षर र भावना दुवैमा आत्मसात् गर्नुपर्छ । कर्णाली विकास योजनालाई प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने कुनै परिषद्ले हैन त्यहीँका स्थानीय सरकारहरू र प्रदेश नम्बर ६ को सरकारले पारित गर्नुपर्छ । अनिमात्र ती योजना कार्यान्वयन पनि हुनेछन् । केन्द्रका योजना कसरी कार्यान्वयन हुन्छन् भन्ने उदाहरण कर्णाली राजमार्ग नै हो । साथै, स्थानीय सरकारहरूले भौतिक पूर्वाधारका योजनाहरूको कार्यान्वयनमा श्रम प्रधान विधि अपनाउन जोड दिनुपर्छ । विकासको प्रतिफल त्यहीँका सरोकारवाला जनताले सुरुकै बेलादेखि पाएनन् भने गुमाउने जति स्थानीय र पाउने जति बाहिरिया हुनेछन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC