राजनीति

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री अफर गरेको छैन : शर्मा

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री अफर गरेको छैन : शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको प्रष्ट पारेका हुन् । 

आइतबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा उनले जनमतअनुसार नयाँ सरकार गठन गर्न बाम गठबन्धनलाई शुभकामना पनि दिए । प्रवक्ता  शर्माले बाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि बाम गठबन्धनका नेताहरुलाई आग्रह गरे । 

प्रवक्ता शर्माले निर्वाचनको समिक्षाका लागि केही दिनभित्रै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउने जानकारी पनि दिए । प्रवक्ता शर्माले पार्टीको नेतृत्व ‘एज’ले नभई ‘एजेन्डा’ले गर्ने तर्क गरे । 
 

तपाईंको मत