site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआरएन अध्यक्ष भट्टले किने निगमको विमान, नामसारी गर्न बाँकी
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टले नेपाल एयरलाइन्सको विमान खरिद गरेका छन् । १४ करोड ६० लाखमा अध्यक्ष भट्टले निगमको बोइङ–७५७–२०० किनेका हुन् । 

एनआरएनको चुनावको पूर्व सन्ध्यामा डेढ करोड रुपैयाँ बैना गरेका उनले लामो समय पछि बाँकी रकम तिरेका हुन् । पटक पटक ताकेता गर्दासमेत बाँकी रकम बुझाउन नआएपछि निगमले ४५ दिनको सूचना निकालेर उक्त अवधीमा पनि अनाए बैना रकम जफत गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

निगमले दिएको अन्तिम समयको अघिल्लो दिन बुधबार भट्टको एयरवेज कम्पनी बीबी एयरवेजले बाँकी पैसा तिरेको हो । 

“बुधबार बीबी एयरवेजले सबै पैसा चुक्ता गरेको छ,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, “अब हाम्रो नामबाट उहाँको नाममा विमानको नामसारी गर्नका कागजी प्रक्रियाको काम भैरहेको छ ।” श्रेष्ठका अनुसार अबको केही दिन भित्रै बोइङ–७५७–२०० बीबी एयरवेजका नाममा नामसारी हुनेछ । 

Global Ime bank

बोइङ–७५७–२०० मर्मत गरेर चलाउँदा फाइदा हुने नदेखिएपछि निगमले कवाडीको भाउमा बेचेको हो । “विमान मर्मतकालागि कति लाग्छ भनेर यकिन त गर्न सकिँदैन तर हामीले अब मर्मत गरेर चलाउनुभन्दा लिलाम गर्न नै फाइदा हुन्छ भनेर कवाडीको भाउमा बेचेका हौं,” श्रेष्ठले भने । 

८६ हजार ४१० घण्टा उडान भरिसकेको जहाज दुई वर्षदेखि ग्राउन्डेड छ । 

निगमले तीन दशक अगाडि १ अर्ब ३० करोड रुपैयाँमा उक्त जहाज खरिद गरेको थियो । निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ को नेपाली नाम ‘कर्णाली’ हो ।

३० वर्ष भन्दा पुराना विमान राखेर अन्य वायु कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै निगम अहिले नयाँ विमान खरिदमा जुटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC