खेल

अष्ट्रेलियाद्वारा इंल्याण्डलाई ३०५ रनको लक्ष्य

एजेन्सी । ५ खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३०५ रनको चुनौति पेश गरेको छ । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०४ रन बनाएपछि इंग्ल्याण्डले लक्ष्य पाएको हो ।
मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको सुरुवात भने राम्रो भएको थिएन । १० रन हँुदा ओपनर्स डेविड वार्नरलाई गुमाएको अष्ट्रेलिया सम्हालिँदै राम्रो स्कोर बनाउन सफल भयो । अष्ट्रेलियाका लागि ओपनर्स आरोन फिन्चले शतक प्रहार गर्दै टिमलाई उकासेका थिए । उनले ११९ बलमा १० चौका र ३ छक्काको मद्दतमा १०७ रन बनाए ।
अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले ६० र मिचेल मार्सले ५० रनको योगदान दिए । टिम पाइनले २७ र कप्तान स्टेभन स्मिथले २३ रन बनाए । यता इंग्ल्याण्डका लागि लिम प्लुंकेटले ३ र आदिल रशिदले २ विकेट लिए । 
अष्ट्रेलियासँग इंग्ल्याण्ड यसअघि सम्पन्न एसेज सिरिजमा ४–० ले पराजित भएको थियो । 

तपाईंको मत