site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
केपी ओली र ‘तक्मे बूढा’को मित्रता : बर्थडेदेखि किचेनसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिनअगाडि विल्सन विक्रम राई (तक्मे) ले आफ्नो फेसबुक पेजमा एमाले अध्यक्ष केपी शर्मा ओली र सुवास नेम्वाङलाई आफ्नो मोवाइलमा केही देखाइरहेको फोटो पोष्ट गरे । उक्त मोबाइलमा ओली र नेम्वाङ केही हेरिरहेका जस्तो देखिन्थ्यो ।

अर्को फोटो पनि तक्मेले पोष्ट गरे, त्यसमा ओली र नेम्वाङसँगै एमाले उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु पनि छन् । ओली घाँटीभरी खादा र मालाका साथमा छन् भने तक्मे तस्बिर खिच्ने व्यक्तितिर हेरिहेका अथवा सेल्फि स्टिकबाट फोटो खिचिरहेका देखिन्छन् ।  भेट र समयका लागि आभार व्यक्त गर्दै उनले उक्त फोटो पोष्ट गरेका थिए । 

किन भेटे ओलीले तक्मेलाई ?

Prabhu Bank
Agni Group
NIC Asia

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अघिल्लो साता स्वास्थ्य उपचारका लागि भन्दै बैंकक उड्दै थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई विदाइ गर्न पार्टीका नेता कार्यकर्तादेखि उनका शुभचिन्तकहरु पुगेका थिए । त्यही भीडमा थिए, तक्मे बुढा उर्फ विल्सन विक्रम राई । हातमा खादा बोकेर गेटमा पुगेका तक्मेलाई ओलीले देख्नवित्तिकै हात समाए । 

तक्मेले ओलीलाई ‘स्वास्थ्य लाभको कामना गर्छु’ भने । काम सकियो । फर्किन खोजे । ओलीले हात समाएर भने, ‘हिँड भित्रै जाऊँ ।’ ओलीले तक्मेलाई भीआईपी कक्षमा लगे । 
त्यहाँ रहेका कर्मचारीलाई ‘उहाँलाई पनि बस्ने व्यवस्था मिलाउनू’ भने । एमालेका शीर्ष नेताहरुका बीचमा राखेर ओलीले साथी सहकर्मी नेताहरुलाई भने, ‘चिन्नुहुन्छ ? तक्मे बूढा उहाँ नै हो । हामी एउटै जिल्ला (झापा)का, छिमेकी । मभन्दा पनि बूढो मान्छे ।’ 

Global Ime bank

तक्मे भन्छन्, “कलाप्रति उहाँले देखाउनु भएको सम्मान हो यो । म व्यक्ति विशेषलाई उहाँले सम्मान गर्नु भएको भन्दा पनि मेरो कलालाई उहाँले सम्मान गर्नुभएको हो भन्ने रुपमा मैले लिएको छु, यो समग्र कला क्षेत्रको सम्मान हो ।”

ओलीको किचेनमा तक्मे

ओलीसँग तक्मेको यो पहिलो भेट र पहिलो चिनजान होइन । पुरानै हो उनीहरुको मित्रता । ओलीको घरमा हुने हरेक कार्यक्रममा तक्मे पुग्छन् । ओली कुनै पनि आफ्नो कार्यक्रममा उनलाई बोलाउन छुटाउँदैनन् । सकेसम्म आफैं फोन गर्छन् । नभए सचिवालयले फोन गर्छ । 

दसैं तिहारका अवसरमा हुने चियापान समारोह होस् या काठमाडौं झापा सम्पर्क मञ्चको कार्यक्रम, ओलीले तक्मेलाई बोलाएकै हुन्छन् । झापालीहरुसँगको भेटमा पनि उनी छुट्दैनन् । यी त भए औपचारिक कार्यक्रममा निम्तो, उपस्थिति र भेट । अन्य कार्यक्रममा पनि तक्मेलाई ओली खबर गर्छन् । 

गत वर्ष ओलीले दसैंको अवसरमा दिएको चियापान समारोहमा ओलीले तक्मेलाई फोन गरे । तक्मे थिए, भूटानमा ।

“भूटान नेपालबाट कति नै टाढा छ र त्यहीँ त हो आउनुस्,” ओलीले बोलाएको सम्झँदै तक्मेले भने, “उहाँ जस्तो मान्छेले आफैं फोन गरेर बोलाउनु भएको छ, नजाउँ पनि कसरी भन्ने लाग्यो, त्यही भएर हतार हतार काम सकेर चियापान समारोहको दिन बिहानै म नेपाल आएँ ।”   

झापामा त्यो दिन

घरायसी काम विशेषले तक्मे झापास्थित आफ्नो घर पुगेका थिए । ओली पार्टीको कार्यक्रम लिएर झापा पुगेका रहेछन् । फोन आयो ओलीको । कार्यक्रममा आउन आग्रह गरे । एमाले अध्यक्षले गरेको आग्रह लत्याउने कुरै भएन । कार्यक्रममा पुगे तक्मे । दर्शक दीर्घामा बसेका तक्मेलाई ओलीले आफूसँगै स्टेजमा राखे ।

ओलीले माइकमै भने– “उहाँ मभन्दा बूढो मान्छे हो नाइन्टिन फाउन्टिनको, मेरो साथी ।” आफ्नै जिल्लामा एमाले अध्यक्षले ओलीले तक्मेलाई चिनाए । आफ्नो साथी भने । ओलीको कलाप्रतिको सम्मान देखेर तक्मे नतमस्तक भए । 

ओलीले तक्मेलाई सँगै काठमाडौं फर्कौं भने । तर उनी घरायसी काम विशेषले सँगै फर्किन सकेनन् । काम परे बालुवाटार आउनू भनेका थिए । ओली त्यो समय प्रधानमन्त्री थिए ।
त्यसो त ओली आफैंले पनि चलचित्रमा खेलेका छन्, ‘रातो सूर्य‘मा । तर त्यो चलचित्र रिलिज भने भइसकेको छैन । दीपेन्द्र दाहालले निर्देशन गरेको चलचित्रमा ओलीले अभिनय गरेका हुन् । 

कसरी भयो ओलीसँग चिनजान ?

सन् २०१२ मा विल्सन विक्रमबाट उनले भर्खर तक्मेको यात्रा सुरु गरेका थिए । हास्य टेलिश्रृंखलामा व्रिटिस आर्मीको ड्रेसमा तक्मा झुण्ड्याएर नाइन्टिन फोउन्टिनको कथा दर्शकलाई सुनाउन थालेका थिए । उनको कथा दर्शकले मन पराउन थालेका थिए ।  

एक दिन नेपाल टेलिभिजनमा ओली अन्तर्वार्ता दिँदै थिए । ओलीले भने, “नाइन्टिन फौन्टिनको मान्छे हुँ र ? मलाई थाहा छैन अहिलेको समाजको चाहना र आवश्यकता... ।”
अन्तर्वार्ता सकिनेबित्तिकै झापाका एक एमाले नेताले तक्मेलाई फोन गरेर तपाईंलाई अध्यक्षज्यूले फोन गर्न सक्नुहुन्छ है भने । 

भोलिपल्ट बिहानै फोन आयो । उनले भने, “म केपी ओली । तपाईंको फ्यान हुँ ।” तक्मेले नमस्कार फर्काए । ओलीलाई के लाग्यो कुन्नि, फेरि भने, “एमाले अध्यक्ष केपी ओली हुँ ।”
उनलाई लाग्यो, अघिल्लो दिन ओलीले नाइन्टिन फोउन्टिन भनेर अन्तर्वार्तामा भनेकाले साथीहरुले ओलीको क्यारिकेचर गरेर जिस्काइरहेका छन् । तर, पछि भने उनले पत्पाए ओली नै हुन् भनेर । 

ओलीले तक्मेको आफू फ्यान रहेको बताए । अझै राम्रो गर्दै जानू भने । भेट्नुपर्छ भने । “मेरो नम्बर राख्नू, काम पर्दा फोन गर्नू । भ्याए म आफैं उठाउँछु, नभए सचिवालयमा फोन गर्नू, तक्मेले पहिलो पटक ओलीसँग भएको संवाद सम्झिए ।  

त्यहाँबाट ओली र तक्मेबीच एक अर्काको बर्थ डे विस गर्ने तथा अन्य कार्यक्रममा बोलाउने क्रम सुरु भयो । 

“पछि उहाँ प्रधानमन्त्री हुनुभयो । खुसी लाग्यो, कला बुझ्ने व्यक्ति प्रधानमन्त्री हुनुभयो । मैले पनि बधाइ दिएँ,” तक्मेले भने, “साथीहरुले तेरो त प्रधानमन्त्रीसँग राम्रो छ, केही गर्नुपर्छ बेला यही हो भने । तर, मलाई उहाँसँगको चिनजानको फाइदा उठाउनु थिएन । म बालुवाटार गइन । बरु बालकोट गएको छु, तर मेरो व्यक्तिगत स्वार्थको काम लिएर मैले उहाँलाई कहिल्यै पनि गुहारिन ।”

समकालीन हास्य कलाकारहरुको भीडमा राम्रो नोटिस भएका तक्मेले चलचित्र ‘रातो घर’ बनाए । चलचित्र प्रदर्शन भयो । उनले ओलीलाई चलचित्र हलमा पुगेर हेर्न आग्रह गरे । ओलीले नमान्ने कुरै थिएन । भर्खर सरकारबाट बाहिरिएका ओली एमालेका शीर्ष नेतासहित हलमा पुगेर ‘रातो घर’ हेरे ।


 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC