site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शाल्केमाथि लेपजिङको सहज जित
Ghorahi CementGhorahi Cement

एजेन्सी । आरबी लेपजिङले जर्मन बुन्डेस लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लेपजिङले शाल्केलाई ३ – १ ले पराजित गर्दै लेपजिङ लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

यसै सिजन इंग्लिश क्लब लिभरपुलका खेलाडी बन्ने नेबी केइटा, टिमो वार्नेर र ब्रुमाले समान एक एक गोल गरेपछि लेपजिङले घरेलु मैदानमा सहज जित निकालेको हो । शाल्केका नाल्डोले एक गोल फर्काएका थिए ।

Agni Group

रेडबुल एरिनामा केइटाले खेलको ४१ औं मिनेटमा गोल गर्दै लेपजिङलाई सुरुवाती अग्रता दिलाए । त्यसअघि खेलको ३७ औं मिनेटमा लेपजिङका जिन केभिनले पेनाल्टीमा गोल गर्न सकेनन् । मिडफिल्डर केइटा यसै सिजन इन्ग्लिश क्लब लिभरपुलमा आबद्द हुदैँछन् । उनलाई भित्राउन लिभरपुल र लेपजिङबीच ५१ मिलियन पाउण्डको सहमति भैसकेको छ । 

पहिलो हाफमा १ – ० ले अघि रहेको लेपजिङले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो । खेलको ५५ औं मिनेटमा शाल्केका नाल्डोले एक गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा वार्नेरले गोल गर्दै लेपजिङलाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुमाले एक गोल गरेपछि लेपजिङले खेल ३ – १ ले आफ्नो बनायो ।

Global Ime bank

यो जितसँगै लेपजिङले बुन्डेस लिगामा लिग लिडर वायर्न म्युनिखसँगको अंक दुरी १२ मा झारेको छ । जितपछि दोस्रो स्थानमा उक्लिएको लेपजिङले १८ खेलबाट ३१ अंक जोडेको छ । शिर्ष स्थानमा वायर्न म्युनिखको ४४ अंक छ । पराजित शाल्के ३० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC