site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मोनाको बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रेन्च लिग फुटबल लिग वानमा मोनाको बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा मोनाको मोन्टपेलियरसँग गोलरहित बराबरीमा रोकिएको हो ।

मोन्टपेलियरको मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा मोनाकोले अंक बाँडेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले एक अर्काको पोस्टमा आधा दर्जन बढी आक्रमण गरेको थियो । तर, दुवै टोलीले पाएको मौका गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो बराबरीपछि मोनाकोले लिगमा शिर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध अंक दुरी घटाउने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको मोनाकोको २० खेलबाट ४२ अंक रहेको छ । एक खेल कम खेलेको पिएसजीको ५० अंक छ । लिगमा पिएसजी भन्दा मोनाको ८ अंकले पछि छ ।

फ्रेन्च लिग अन्तर्गत नै शनिबार राति नाइसले अमिन्स, बोर्डूअक्सले ट्रोएस र लिलीले क्यानलाई समान  १ – ० ले  पराजित गरेको छ । त्यस्तै डिजोन र मेट्जले १ – १  गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC