site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केनको रेकर्डमा टोटनह्यामको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० गोलअन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले २, सन हेउङ मिन र इरिक्सेनले समान १–१ गोल गरे । खेलको २६ औं सन हेउङ मिनले गोलद गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ४७ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई २–० गोलको अग्रतामा पु¥याए । खेलको ५९ औं मिनेटमा केनले फेरी अर्को गोल गर्दै ३–० मा पु¥याएका थिए ।

केनले २ गोल गरेसँगै उनले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल गरेका छन् । उनले यो सिजनमा मात्रै २० गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

Global Ime bank

एकपछि अर्को राम्रो प्रदर्शन गर्दै दबाब दिएको टोटनह्यामका लागि खेलको ८१ औं मिनेटमा इरिक्सेनले गोल गर्दै ४–० गोलको जित दिलाएका हुन् ।

जित हात पारेको टोटनह्याम लिगको पाचौं स्थानमा छ । २३ खेल खेलेको टोटनह्यामको ४४ अंक रहेको छ । यता पराजित इभर्टन लिगको नवौं स्थानमा छ । लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी रहेको छ । सिटीको २२ खेलबाट ६२ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ४७ अंक रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC