ad

अर्थ व्यवसाय

हसना भास्तिपुरले दश प्रतिशत बोनस शेयर दिने

काठमाडौँ (रासस) । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७३÷७४ मा रु २८ लाख पाँच हजार ८२७ मुनाफा कमाउन सफल भएको छ । 

संस्थाको आज यहाँ सम्पन्न नवौँ वार्षिक साधारणसभामा दिइएको जानकारीअनुसार संस्थाले रु ६२ करोड छ लाख ८० हजार १९६ कर्जा प्रवाह गरेको छ । संस्थाले रु ५८ करोड ८१ लाख ३५ हजार ७८० निक्षेप संकलन गरेको अध्यक्ष नारायणकृष्ण महर्जनले जानकारी दिए ।

साधारणसभालाई सम्बोधन गर्दै डिभिजन सहकारी कार्यालयका उपरजिष्टार नारायणप्रसाद ज्ञवालीले सहकारी संस्थालाई मर्यादित र व्यवस्थित तवरले सहकारी गतिविधि गर्नुपर्ने बताए ।

उनले सानो सानो पूँजीलाई संकलन गरेर आर्थिक उपार्जनको मार्गमा सहकारी संस्था लाग्ने भएकाले त्यसलाई बढी व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

वार्षिक साधारणसभाले कूल मुनाफाको दशप्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको अध्यक्ष महर्जनले जानकारी दिए ।

तपाईंको मत