Skip Advt.

माघी पर्व सुरु

माघी पर्व सुरु

दाङ  ।  थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ ।

माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ । माघिको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघिको अघिल्लो दिन पुस २९ गते मासुको जोहो गरेर औपचारिक रुपमा माघिको सुरुवात गर्ने गर्दछन् ।

उनीहरुले  रातभर मघौटा र ढुम्रा गित गाएर मनाउने गर्छन । रातभर ढुम्रा गाएका थारु समुदाय विहान सबेर नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरि घर फर्किने गर्छन । स्नान गरेर घर फर्किएपछि उनीहरुले छोरी चेलीका लागि निसराउ तयार गर्दछन् ।

चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भन्ने चलन छ । निसराउ तयारपछि ठुला बडासँग ढोग भेट गरि माघि मनाउने गरिएको हो । माघि पर्व बिशेष गरि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गर्दछन् ।
 

प्रतिकृया दिनुहोस