साहित्य र कला

कपिल शर्मा हिजोआज के गर्दैछन् ?

कपिल शर्मा हिजोआज के गर्दैछन् ?

काठमाडौं । यदि तपाई कपिल शर्माको प्रशंसक हो भने तपाईंको मनमा अवश्य पनि प्रश्न उठ्छ होला, कपिल शर्मा आजभोली के गर्दै छन् ?

झण्डै ६ महिना अघि उनको कमेडी शो अफ एयर भएको थियो । त्यो बेला उनले खराब स्वास्थ्य अवस्था र आफ्नो आगामी फिल्म ‘फिरंगी’ का कारण ब्रेक लिइरहेको र चाँडै टिभीमा फर्किने बताएका थिए । 

फिल्म रिलीज भइसक्यो र उनको स्वास्थ्य अवस्था पनि ठिक छ तर कपिल शर्माको ‘कम–ब्याक’ को कुनै पनि आधिकारिक खबर अहिलेसम्म आएको छैन । 

कुनै समयमा सोसल  मिडियामा अत्यन्तै एक्टिभ रहने कपिल शर्मा आजभोली कमै मात्रामा ट्वीट गर्छन । र तस्बिरहरु पनि थोरै मात्रै शेयर गर्छन । यो अवस्थामा कपिल शर्मा कहाँ छन् र के गरिरहेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । 

गएको नोभेम्बरमा सोनी इन्टरटेनमेन्ट टेलिभिजनका एक्जिक्यूटिव भ्वाइस प्रेसिडेन्ट दानिश खानले कपिल शर्मा चाँडै टिभीमा फिर्ता हुने बताएका थिए । कमेडी शो बन्द हुनु पूर्वका केही महिना कपिलका लागि तनावपूर्ण रहे । कपिलमाथि उनकै साथी कमेडियन सुनील ग्रोवरले फÞ्लाइटमा सबैका अगाडि गाली दिएको र रक्सी सेवन गरेर उपद्रो गरेको आरोप लगाएका थिए । यद्यपी कपिलले यो आरोपको खण्डन गर्दै सामान्य झगडा भएको र ग्रोवर आफ्नै भाई जस्तो भएको बताएका थिए । 

तपाईंको मत