site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मी खप्तड गोल्डकपको उपाधि नजिक
Sarbottam CementSarbottam Cement

धनगढी । विभागीय टोली त्रिभुवन आर्मी क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  शनिबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ३ – १ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले समान एक एक गोल गरे । मनाङका हेमन गुरुङले एक गोल फर्काए । अब आर्मीले उपाधिको लागि आइतबार हुने दोस्रो सेमिफाइनलको बिजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा सशत्र प्रहरीको एपीएफ र आयोजक सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिस्प्रधात्मक बनेको खेलमा सुरुवाती अग्रता भने मनाङले लिएको थियो । खेलको नवौ मिनेटमा हेमन गुरुङले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । तर, २३ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई खेलमा फर्काए । खेलको ४५ औं मिनेटमा म्यान अफ द म्याच भएका नवयुगले गोल गरेपछि पहिलो हाफमा आर्मीले २ – १ को अग्रता बनायो । दोस्रो हाफमा आर्मीले थप एक गोल थप्यो । खेलको ८८ औं मिनेटमा सन्तोस तामाङले गोल गर्दै आर्मीलाई ३ – १ को सहज जित दिलाए ।

योसँगै आर्मी यो बर्ष चौथो उपाधि नजिक पुगेको छ । आर्मीले यसअघि सताक्षि गोल्डकप,मेची नेत्रालय काकरभिट्टा गोल्डकप र विशाल मेमोरियलको उपाधि जितेको थियो । आर्मीले सताक्षि र मेची गोल्डकपमा भने मनाङलाई हराएर उपाधि जितेको हो । आर्मी दुहबी गोल्डकपको फाइनलमा भने मनाङसँग पराजित भएको थियो ।

Global Ime bank

प्रतियोगितामा आर्मीले थ्री स्टारलाई २ – १ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यता, मनाङले भने क्वाटरफाइनलमा रुपन्देही ११ लाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडील समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC