site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल पुलिसका श्यान्टु र नविता च्याम्पियन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल पुलिसका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन् । पुरुष सिंगल्समा श्यान्टुले लगातार दोश्रो पटक उपाधि जितेका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि जितेकी हुन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा श्यान्टुले पुलिसकै विनेश खनियाँलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र पुलिसका प्रदीप रोका तेस्रो भए ।

Agni Group

महिला सिंगल्समा पुलिसकी नविताले पुलिसकै एलिना महर्जनलाई १२–१०, ११–१, ११–२ र १२–१० को सीधा सेटमा हराइन् । आर्मीका रविना महर्जन र दीक्षा तामाङ तेस्रो भइन ।

मिक्स डबल्सको उपाधि नेपाल आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङको जोडीले जितेका छन्  । उक्त जोडीले फाइनलमा एपीएफका अमरलाल मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७ र ११–९ को सेटमा पाखा लगाए । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा पुलिसका श्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी संयुक्त रुपमा तेस्रो भए ।

Global Ime bank

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ३७ जिल्ला र तीन विभागीय गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता जनाएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC