site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओलम्पियन दिपक बिष्ट सम्मानित
Sarbottam CementSarbottam Cement

धनगढी । तेक्वान्दोको कीर्तिमानी खेलाडी तथा ओलम्पियन दिपक बिष्ट धनगढीमा सम्मानित भएका छन् । धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको अवसरमा  ओलम्पियन बिष्ट सम्मानित भएका हुन् ।

तेक्वान्दो खेल र खेलकुदको माध्यमबाट नेपालको नाम उचो बनाउन सफल र सुदूरपश्चिमकै नाम राख्न सफल भएको भन्दै गोल्डकप आयोजक सुदूरपश्चिम स्पोर्ट्स क्लबले बिष्टलाई सम्मानित गरेको हो । बिष्टलाई ताम्रपत्र र आठ केजी फुलको मालाले सम्मानित गरिएको थियो । बिष्टलाई क्लबका अध्यक्ष सुरेश हमाल, एन्फाका केन्द्रीय सदस्य गणेश चन्द  लगायत क्लबका पदाधिकारीले सम्मान गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कीर्तिमान तेक्वान्दो खेलाडी बिष्टले दक्षिण एसियाली खेलकुदमा ४ पटक स्वर्ण पदक जितेका थिए । चार पटक स्वर्ण जित्ने दिपक एक्लो खेलाडी हुन् । हाल तेक्वान्दोका मुख्य प्रशिक्षक रहेका बिष्टले एसियन खेलकुदमा २ कास्य जितेका थिए ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका यसअघिका अध्यक्ष समेत रहेका बिष्टले एक पटक ओलम्पिक खेलकुदमा नेपालको प्रतिनिधि गरेका थिए । बिष्टले सन् २००८ को बेईजिङ ओलम्पिक खेलेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC